२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैनिक शिविरमा आक्रमण, ४५ को मृत्यु

३० श्रावण २०७५, बुधबार ११:५९

साउन ३०, काबुल | अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ । 

बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

यस आक्रमणमा ३५ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरुद्वारा जारी प्रतिवेदनमा जनाइएको छ । आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् । 

तालिबानले ठूलो संख्यामा सैनिक सवारी साधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्तामा उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि भएको यो दोस्रो ठूलो तालिबान आक्रमण हो । 

गत सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिबानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिबानले कब्जासमेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ