२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोल्याण्ड पठाउने गैरकानुनी धन्दा ! युक्रेनी नागरिक पक्राउ (भिडियो हेर्नुहोस्)

२०७५, ३० श्रावण बुधबार १२:०८

साउन ३०, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठगि गर्ने २ युक्रेनी नागरिक पक्राउ परेका छन् । टुरिष्ट भिषामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले पोल्याण्ड कामदार भिषामा पठाउने भन्दै ठगि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले पटक पटक भिषाको समय थप गरेको पाइएको छ साथै अन्तिम भिषाको म्याद ७ दिन मात्र बाँकि रहेको छ ।

यस समाचारबारे पुरा जानकारी लिन यो भिडियो हेर्न सक्नुहुनेछ: 


उनीहरुले ठगि गरिरहेको विषयमा साझा सबाल मिडियामा हिजो सूचना प्राप्त भएको थियो । सो पश्च्यात साझा सबाल मिडियाले स्थलगत निरिक्षण गरेपछि उनीहरुले अबैध कार्य गरिरहेको थाहा पाएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारी गराएको थियो । सो लगत्तै वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले छापा मारेको हो ।  पुतलीसडक स्थित शंकरदेव क्याम्पस अगाडी गत मार्चबाट अफिस खोलेर उनीहरुले ठगि धन्दा चलाइरहेका पाइएको हो ।  

पिपल फर वर्क नामको कम्पनी गत बुधबार मात्र दर्ता गरिएको भेटिएको छ तर उक्त कम्पनीको व्यवसायका कारोबार अन्तर्गत कम्प्युटर सफ्टवेयर सम्बन्धि कारिबार गर्ने र सो मार्फत सूचना सेवा प्रदान गर्ने उदेश्यले दर्ता भएपनि बैदेशिक रोजगारीमा पठाउने भन्दै ठगि गर्ने गरेको भेटिएको हो ।  उनीहरुको पक्राउसँगै अफिसमा उपलब्ध सबै सामान प्रहरीले जफत गरि अनुसन्धान शुरु गरेको छ । पोल्याण्ड पठाउने कार्यको लागि नेपालका केहि म्यानपावर कम्पनीसंग पनि सहकार्य भएको प्रारम्भिक अनुसन्धानले देखाएको  छ ।  

उनीहरुले फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा आफ्नो प्रचार गर्ने गरेका थिए । त्यसरि सम्पर्कमा आउने व्यक्तिलाई पोल्याण्डको कामदार भिषा उपलब्ध गराउने भन्दै शुरुमै १ लाख देखि २ लाख माग्ने गरेका थिए । अन्तिम अन्तर्वार्ताका लागि भारत जानुपर्ने र समग्रमा ७ लाख सम्म खर्च लाग्ने बताउने गरेको पिडितहरुले बताए । पोल्याण्ड जानको लागि ३ सय भन्दा बढी नेपालीहरुको अन्तर्वार्ता समेत लिइसकेको सो कम्पनीका एक कर्मचारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ