सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया ...

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया ...

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । ए"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

‘माया टोक्नै नमिल्ने’ ५० हजार स्वर्ण दर्शन : आभारपत्र (भिडियो)

३० श्रावण २०७५, बुधबार १८:४७

सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया …

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । एउटा युगीन उचाई जुन उचाईले हामीबीचको यो अनौठो संयोगभित्रको नातालाई थप गहिराईमा लैजानेमा म विश्वस्त छु ।


त्यो दिन त मलाई याद छैन । तर म कक्षा ९ मा अध्ययन गर्दा मेरो नाम ऋषिराम सुवेदीबाट मैले प्रभात सुवेदी राखेँ । मलाई लाग्दथ्यो मेरो नामसँग मिल्ने अर्को कुनै व्यक्ति यो सन्सारमा अब छैन होला । तर जब काठमाडौं बिएस्सी अध्ययन गर्दाको समयमा २०५३÷५४ सालमा कालिकास्थानको ओरालोमा फालिएको खाममा नाम लेखिएको देखें ‘प्रभात सुवेदी’ सचिव : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति काठमाडौं । त्यो चिठीको खामको टुक्रा उठाएँ र केही दिनसम्म मैले कोठामा बडो सुरक्षित साथ राखेँ । मास्टर्स सकेर जागिरको क्रममा बर्दिया झरेँ । सानैदेखिको सङ्गीतको मोह र त्यसप्रतिको लगन जारी थियो । ‘बाचा कसम’ र ‘पिपलु चौतारी ’ एल्बम निकालिसकेको थिएँ  पछि त्यो नाम यदाकदा रेडियोका समाचार तथा टेलिभिजनमा पनि सुनेँ । पछि त त्यही नामको व्यक्ति मिडियामा यसरी छायो कि ऊ पनि कुशल गीतकार । 

जब ऊ  गीती एल्बम ‘प्रभात’ का साथमा आयो तब बधाईं र शुभकामनाका खातहरु त मलाई पो आए ! अनि कतिले त ‘तिम्रो आफ्नो मान्छे …’ गीतलाई त मलाई सोधेर सेयर गरेँ है मलाई मन पर्यो भन्दै गए । त्यति मात्रै कहाँ हो र वहाँले अवार्ड पाइरहँदा मैले बधाई पनि पाएँ । पछि म पनि वहाँसँग सञ्जालको माध्यमबाट जोडिएँ । हाम्रो पहिलो गफगाफ यसरी शुरु भएको थियो :


त्यही व्यक्ति प्रभात सुवेदी आफ्नो पुस्तक तथा स्टेसनरी व्यवसायको व्यापारिक शिलशिलामा धनगढीबाट फर्किने क्रममा बर्दिया गुलरियामा रहेको मेरो झुपडी खोज्दै आउनुभयो । मलाई त सुदामाको घर खोज्दै कृष्ण आएजस्तो पो आभास भयो अनि मेरो घरै उज्जालो भयो । हामीबीच आफ्ना कोशेलीहरु आदानप्रसाद पनि भए । रमाइलो प्रतक्ष्य गफगाफ भयो । कुनै औपचारिक सम्बन्धबिना हामीमा भावनात्मक नाताले जरा गाड्यो । तिनै जराहरुका कारणले गर्दा आज वृक्षको सर्वाङ्ग मौलाइरहेको अवस्था भयो । हाम्रो पहिलो भेटघाट यस्तो रह्यो :


धेरै पछि गत वर्ष नेपालगञ्जमा भएको पुस्तक मेलामा पनि एउटै कार्यक्रममा हामी सँगसँगै रह्यौँ । हामीबीच एउटा साङ्गितीक सहकार्य गर्ने कुराकानी भयो र वहाँले राख्नुभएको प्रस्ताव मैले र मेरो वहाँले स्वीकार्नुभयो । पुस्तक प्रदर्शनीमा दुबै प्रभात यसरी सम्मानित हुँदाको यो पल :

  

सहकार्य गरी साङ्गितीक सिर्जना निकालौं भनेको केही समयमै वहाँले वहाँले स्टाटसमा स्थायी अपडेट गर्नुहुँदै तस्वीरसहित यसरी पोस्ट गर्नुभयो :


लहडै लहडमा कोरेका शब्दहरु वहाँले मलाई म्यासेन्जरमा पठाउनुभयो । ‘माया जोख्नै नमिल्ने, माया रोक्नै नमिल्ने, यत्ति मिठो माया हाम्रो टोक्नै नमिल्ने ।’ लाग्यो यो हाम्रै सम्बन्ध अनि मायाको प्रतिविम्बन थियो जुन प्रतिविम्बन बिच्छेदित हुँदै आभामण्डलमा विचलन हुने तरखरमा थियो ।

यसरी पठाउनुभएको थियो शब्द :

 

मैले धुन बनाएँ ल सुन्नुस त भनेँ, वहाँले मन पराउनु भयो । अनि अन्तरा नि ? मैले सोधेँ तर वहाँले भन्नुभयो अन्तरा त लेखेको छैन । म पछि वा भोलितिर पठाउँछु त्यसको भोलिपल्ट वहाँले पहिलो र केही समय पछि दोस्रो अन्तरा पठाउनुभयो ।  

मैले सङ्गीत क्षेत्रमा नेपालमा स्थापित मेरा अनन्य मित्र बि. बि. अनुरागीसँग संयोजनका लगि आग्रह गरेँ वहाँले पनि सहर्ष स्वीकार गरी मिठो एरेन्ज गरिदिनुभई प्रिज्म रेकर्डिङमा अन्ततः मेरो र मेरै चेली तुलसी घर्ती मगरको आवाजमा ०७४ माघ महिनामा रेकर्डिङ सम्पन्न भई फागुनको अन्तिमतिर अडियो फाइनल भयो । 

अब, गीतहरु हेर्ने नबनाइ त हुँदैन भनेर भिडियोको तयारीमा लाग्यौँ । र मिसन इन्टरटेन्मेन्टका सञ्चालक भाइ मेरो चेलो कुशल गायक तथा सङ्गीतकार वि.पि. वाग्लेसँग कुरा भयो । अन्ततः सन्तोष भारद्धाज अनि रुद्र बोहोरा लगायतका हस्तीहरु (अन्य सबैमा यथोचित सम्मान सहित) को साथ र मिहिनेतमा भिडियो तयार भई २०७५ साल साउन २८ गते श्रावण अन्तिम सोमबार (पवित्र दिन) पारेर हामीले हाइलाइट्स नेपालको च्यानल मार्फत अपलोड गरायौँ । भोलिपल्ट नै ३० हजारको माया पाएको यो हाम्रो सिर्जनाले आज बिहान अर्थात ३० गते बुधबार ४० हजार र दिनभरको माया बढ्दै गएर अहिले भर्खर भदौ ३१ गते बिहिबार रात्री १२ बजेर ३० मिनेट जाँदा ५० हजार २ सय ४ जना दर्शक तथा स्रोताहरुको माया बटुल्न सफल भएको छ ।

यसरी माया पायो गीतले :

 

प्रिय मितज्यू, मेरो र हजुरको बाल्यकाल अनि सामाजिकीकरण निकै फरक तरिकाले र फरक परिवेशमा भयो । तर पनि हजुरको साथका कारण आज मेरो जीवन धन्य भएको छ । मैले बीस वर्षदेखिको सङ्गीत क्षेत्रमा गरेको यात्राले आज आएर असल बाटो पाएको छ । हजुरको साथबाट नै आज धेरैजना स्वजनहरु कमाउन सफल भएको छु । सायद यो साथ त्यही २०५२÷५३ मै मिल्दथ्यो त आज म पनि यो बर्दियामा खुम्चेर बस्नु पर्ने थिएन होला तर पनि जीवनदेखि मलाई पश्चाताप भने छैन । 

काठमाडौं कलंकी हजुरको घरमा पुग्दा मलाई दिनुभएको सम्मानप्रति म आभारी छु । आमाका चरणकमलमा स्पर्श गर्दै म्याडम अनि बाबु प्रतिक र छोरी नभएपनि सदा स्मरण गरिरहेको छु । हजुरको साथले आज बर्षौंदेखि नदीको बीचमा फँसेर बसेको माझीले एउटा अत्यन्तै सुन्दर डुङ्गा पाएर पार तरेको महशुस भएको छ । अहिले मेरा इनबक्स भरिएका छन् । देशविदेशबाट गीतमा मेरो लिप भएको स्थानको स्क्रिन सटले टुङ्ग टुङ्ग म्यासेन्जर भरिएका छन् । मेरो फेसबुकमा जुगरवर्गको सिमा नाघेर प्रभात अर्धव्यास नामको अर्को आइडी खोलेको छु साथै पेज पनि बनाएको छु । ५० हजारले केबल २ दिनमै हामीलाई चिन्नु, सुन्नु वा हेर्नु चानचुने कुरा हैन । त्यसैले समस्त आदरणीय भगवानहरुप्रति हामी शिर निहुराएर नमन गर्न चाहान्छौँ । 

अडियो, भिडियो र हामीलाई यहाँसम्म पु¥याउन साथ र सहयोग गर्नुहुनेहरु, सर्ब स्वजनहरु अनि कसैको चित्त दुखाएका रहेछौँ भने पनि वहाँ हाम्रा उत्साह र प्ररेणका स्रोतहरु हुनुहुन्छ, झन वहाँहरुलाई पनि हामी प्रभातद्वयकै तर्फबाट हार्दिक हार्दिक सतत् नमन ।

अन्त्यमा हाम्रो यो सिर्जनाहरु मात्रै हैन नेपालीपन र नेपाली माटोको सुगन्ध आउने गीतसङ्गीतहरुलाई सम्पूर्ण सञ्चारकर्मीहरुले आ–आफ्ना सञ्चार माध्यमहरुमा न्यायोचित तबरले स्थान दिनुहुन अनुरोध छ । साथै यो ५० हजार स्वर्ण दर्शनको उपलक्ष्यमा यस गीत आवद्ध सम्बद्ध सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र विशेष गरी प्रिज्म रेकर्डिङ स्टुडियो, मिसन इन्टरटेन्मेन्ट अनि गायिका बहिनी तुलसी घर्ती गीतका मोडल बिनोद न्यौपाने र अनिशा न्यौपाने लगायतप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यो गीतलाई अझै उचाइमा पुर्याउन यहाँहरुको अझै उल्लेख्य भूमिका रहने छ भन्ने अपेक्षाका साथ बिदा हुन चाहन्छु । धन्यवाद । जय गीत जय सङ्गीत ।

प्रभात सुवेदी

गीतकार

कलङ्की, काठमाडौं

प्रभात सुवदी ‘अर्धव्यास’

गायक÷सङ्गीतकार

गुलरिया, बर्दिया 

हेर्नुहोस गितको भिडियो :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन