सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया ...

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया ...

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । ए"/>

2026-06-25 08:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

‘माया टोक्नै नमिल्ने’ ५० हजार स्वर्ण दर्शन : आभारपत्र (भिडियो)

2018-08-15

सम्माननीय मितज्यू, 

कलङ्की, काठमाडौं

हजुरलाई टोक्नै नमिल्ने माया …

आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । एउटा युगीन उचाई जुन उचाईले हामीबीचको यो अनौठो संयोगभित्रको नातालाई थप गहिराईमा लैजानेमा म विश्वस्त छु ।


त्यो दिन त मलाई याद छैन । तर म कक्षा ९ मा अध्ययन गर्दा मेरो नाम ऋषिराम सुवेदीबाट मैले प्रभात सुवेदी राखेँ । मलाई लाग्दथ्यो मेरो नामसँग मिल्ने अर्को कुनै व्यक्ति यो सन्सारमा अब छैन होला । तर जब काठमाडौं बिएस्सी अध्ययन गर्दाको समयमा २०५३÷५४ सालमा कालिकास्थानको ओरालोमा फालिएको खाममा नाम लेखिएको देखें ‘प्रभात सुवेदी’ सचिव : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति काठमाडौं । त्यो चिठीको खामको टुक्रा उठाएँ र केही दिनसम्म मैले कोठामा बडो सुरक्षित साथ राखेँ । मास्टर्स सकेर जागिरको क्रममा बर्दिया झरेँ । सानैदेखिको सङ्गीतको मोह र त्यसप्रतिको लगन जारी थियो । ‘बाचा कसम’ र ‘पिपलु चौतारी ’ एल्बम निकालिसकेको थिएँ  पछि त्यो नाम यदाकदा रेडियोका समाचार तथा टेलिभिजनमा पनि सुनेँ । पछि त त्यही नामको व्यक्ति मिडियामा यसरी छायो कि ऊ पनि कुशल गीतकार । 

जब ऊ  गीती एल्बम ‘प्रभात’ का साथमा आयो तब बधाईं र शुभकामनाका खातहरु त मलाई पो आए ! अनि कतिले त ‘तिम्रो आफ्नो मान्छे …’ गीतलाई त मलाई सोधेर सेयर गरेँ है मलाई मन पर्यो भन्दै गए । त्यति मात्रै कहाँ हो र वहाँले अवार्ड पाइरहँदा मैले बधाई पनि पाएँ । पछि म पनि वहाँसँग सञ्जालको माध्यमबाट जोडिएँ । हाम्रो पहिलो गफगाफ यसरी शुरु भएको थियो :


त्यही व्यक्ति प्रभात सुवेदी आफ्नो पुस्तक तथा स्टेसनरी व्यवसायको व्यापारिक शिलशिलामा धनगढीबाट फर्किने क्रममा बर्दिया गुलरियामा रहेको मेरो झुपडी खोज्दै आउनुभयो । मलाई त सुदामाको घर खोज्दै कृष्ण आएजस्तो पो आभास भयो अनि मेरो घरै उज्जालो भयो । हामीबीच आफ्ना कोशेलीहरु आदानप्रसाद पनि भए । रमाइलो प्रतक्ष्य गफगाफ भयो । कुनै औपचारिक सम्बन्धबिना हामीमा भावनात्मक नाताले जरा गाड्यो । तिनै जराहरुका कारणले गर्दा आज वृक्षको सर्वाङ्ग मौलाइरहेको अवस्था भयो । हाम्रो पहिलो भेटघाट यस्तो रह्यो :


धेरै पछि गत वर्ष नेपालगञ्जमा भएको पुस्तक मेलामा पनि एउटै कार्यक्रममा हामी सँगसँगै रह्यौँ । हामीबीच एउटा साङ्गितीक सहकार्य गर्ने कुराकानी भयो र वहाँले राख्नुभएको प्रस्ताव मैले र मेरो वहाँले स्वीकार्नुभयो । पुस्तक प्रदर्शनीमा दुबै प्रभात यसरी सम्मानित हुँदाको यो पल :

  

सहकार्य गरी साङ्गितीक सिर्जना निकालौं भनेको केही समयमै वहाँले वहाँले स्टाटसमा स्थायी अपडेट गर्नुहुँदै तस्वीरसहित यसरी पोस्ट गर्नुभयो :


लहडै लहडमा कोरेका शब्दहरु वहाँले मलाई म्यासेन्जरमा पठाउनुभयो । ‘माया जोख्नै नमिल्ने, माया रोक्नै नमिल्ने, यत्ति मिठो माया हाम्रो टोक्नै नमिल्ने ।’ लाग्यो यो हाम्रै सम्बन्ध अनि मायाको प्रतिविम्बन थियो जुन प्रतिविम्बन बिच्छेदित हुँदै आभामण्डलमा विचलन हुने तरखरमा थियो ।

यसरी पठाउनुभएको थियो शब्द :

 

मैले धुन बनाएँ ल सुन्नुस त भनेँ, वहाँले मन पराउनु भयो । अनि अन्तरा नि ? मैले सोधेँ तर वहाँले भन्नुभयो अन्तरा त लेखेको छैन । म पछि वा भोलितिर पठाउँछु त्यसको भोलिपल्ट वहाँले पहिलो र केही समय पछि दोस्रो अन्तरा पठाउनुभयो ।  

मैले सङ्गीत क्षेत्रमा नेपालमा स्थापित मेरा अनन्य मित्र बि. बि. अनुरागीसँग संयोजनका लगि आग्रह गरेँ वहाँले पनि सहर्ष स्वीकार गरी मिठो एरेन्ज गरिदिनुभई प्रिज्म रेकर्डिङमा अन्ततः मेरो र मेरै चेली तुलसी घर्ती मगरको आवाजमा ०७४ माघ महिनामा रेकर्डिङ सम्पन्न भई फागुनको अन्तिमतिर अडियो फाइनल भयो । 

अब, गीतहरु हेर्ने नबनाइ त हुँदैन भनेर भिडियोको तयारीमा लाग्यौँ । र मिसन इन्टरटेन्मेन्टका सञ्चालक भाइ मेरो चेलो कुशल गायक तथा सङ्गीतकार वि.पि. वाग्लेसँग कुरा भयो । अन्ततः सन्तोष भारद्धाज अनि रुद्र बोहोरा लगायतका हस्तीहरु (अन्य सबैमा यथोचित सम्मान सहित) को साथ र मिहिनेतमा भिडियो तयार भई २०७५ साल साउन २८ गते श्रावण अन्तिम सोमबार (पवित्र दिन) पारेर हामीले हाइलाइट्स नेपालको च्यानल मार्फत अपलोड गरायौँ । भोलिपल्ट नै ३० हजारको माया पाएको यो हाम्रो सिर्जनाले आज बिहान अर्थात ३० गते बुधबार ४० हजार र दिनभरको माया बढ्दै गएर अहिले भर्खर भदौ ३१ गते बिहिबार रात्री १२ बजेर ३० मिनेट जाँदा ५० हजार २ सय ४ जना दर्शक तथा स्रोताहरुको माया बटुल्न सफल भएको छ ।

यसरी माया पायो गीतले :

 

प्रिय मितज्यू, मेरो र हजुरको बाल्यकाल अनि सामाजिकीकरण निकै फरक तरिकाले र फरक परिवेशमा भयो । तर पनि हजुरको साथका कारण आज मेरो जीवन धन्य भएको छ । मैले बीस वर्षदेखिको सङ्गीत क्षेत्रमा गरेको यात्राले आज आएर असल बाटो पाएको छ । हजुरको साथबाट नै आज धेरैजना स्वजनहरु कमाउन सफल भएको छु । सायद यो साथ त्यही २०५२÷५३ मै मिल्दथ्यो त आज म पनि यो बर्दियामा खुम्चेर बस्नु पर्ने थिएन होला तर पनि जीवनदेखि मलाई पश्चाताप भने छैन । 

काठमाडौं कलंकी हजुरको घरमा पुग्दा मलाई दिनुभएको सम्मानप्रति म आभारी छु । आमाका चरणकमलमा स्पर्श गर्दै म्याडम अनि बाबु प्रतिक र छोरी नभएपनि सदा स्मरण गरिरहेको छु । हजुरको साथले आज बर्षौंदेखि नदीको बीचमा फँसेर बसेको माझीले एउटा अत्यन्तै सुन्दर डुङ्गा पाएर पार तरेको महशुस भएको छ । अहिले मेरा इनबक्स भरिएका छन् । देशविदेशबाट गीतमा मेरो लिप भएको स्थानको स्क्रिन सटले टुङ्ग टुङ्ग म्यासेन्जर भरिएका छन् । मेरो फेसबुकमा जुगरवर्गको सिमा नाघेर प्रभात अर्धव्यास नामको अर्को आइडी खोलेको छु साथै पेज पनि बनाएको छु । ५० हजारले केबल २ दिनमै हामीलाई चिन्नु, सुन्नु वा हेर्नु चानचुने कुरा हैन । त्यसैले समस्त आदरणीय भगवानहरुप्रति हामी शिर निहुराएर नमन गर्न चाहान्छौँ । 

अडियो, भिडियो र हामीलाई यहाँसम्म पु¥याउन साथ र सहयोग गर्नुहुनेहरु, सर्ब स्वजनहरु अनि कसैको चित्त दुखाएका रहेछौँ भने पनि वहाँ हाम्रा उत्साह र प्ररेणका स्रोतहरु हुनुहुन्छ, झन वहाँहरुलाई पनि हामी प्रभातद्वयकै तर्फबाट हार्दिक हार्दिक सतत् नमन ।

अन्त्यमा हाम्रो यो सिर्जनाहरु मात्रै हैन नेपालीपन र नेपाली माटोको सुगन्ध आउने गीतसङ्गीतहरुलाई सम्पूर्ण सञ्चारकर्मीहरुले आ–आफ्ना सञ्चार माध्यमहरुमा न्यायोचित तबरले स्थान दिनुहुन अनुरोध छ । साथै यो ५० हजार स्वर्ण दर्शनको उपलक्ष्यमा यस गीत आवद्ध सम्बद्ध सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र विशेष गरी प्रिज्म रेकर्डिङ स्टुडियो, मिसन इन्टरटेन्मेन्ट अनि गायिका बहिनी तुलसी घर्ती गीतका मोडल बिनोद न्यौपाने र अनिशा न्यौपाने लगायतप्रति हार्दिक आभार प्रकट गर्दछौँ । यो गीतलाई अझै उचाइमा पुर्याउन यहाँहरुको अझै उल्लेख्य भूमिका रहने छ भन्ने अपेक्षाका साथ बिदा हुन चाहन्छु । धन्यवाद । जय गीत जय सङ्गीत ।

प्रभात सुवेदी

गीतकार

कलङ्की, काठमाडौं

प्रभात सुवदी ‘अर्धव्यास’

गायक÷सङ्गीतकार

गुलरिया, बर्दिया 

हेर्नुहोस गितको भिडियो :




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ