२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

भारतीय दूतावासका कारण विद्यालय धादिङका १० ठूला विद्यालयहरु पुनःनिर्माण भएन

२ भाद्र २०७५, शनिबार ०३:२९

भदौ २, धादिङ (रासस) | भूकम्पले ध्वस्त भएका जिल्लाका १० ठूला विद्यालय निर्माणको जिम्मा भारतीय राजदूतावासले लिए पनि काम शुरु नगर्दा विद्यार्थीहरु अझै टहरामा बसेर पठनपाठन गर्न बाध्य छन् । 

पुनःनिर्माण प्राधिकरण र विभिन्न सङ्घ संस्थाले अन्य विद्यालय निर्माण सकेर विद्यार्थीले पक्की भवनमा बसेर पढ्न थालिसके तर उक्त राजदूतावासले जिम्मा लिए पनि जिल्लामा फर्केर नआउँदा १० विद्यालयको पुनःनिर्माणको काम अलपत्र परेको हो । 

सालबास मावि चैनपुर, रानीपौवा मावि सल्यानटार, त्रिपुरासुन्दरी मावि खरी, मिन्दूका मावि नलाङ, ठूलोचौर मावि मैदी, बराहकालिका मावि ढोला, सल्यानकोट मावि सल्यानकोट, बृचेत मावि दार्खा, महेन्द्रोदय मावि गजुरी र महाकाली मावि कुम्पुर उक्त दूतावासले एक वर्षभित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो । 

निर्माण भइसक्नुपर्ने बेलासम्म पनि राजदूतावासले जिम्मेवारीअनुसार काम शुरु नगरेको र काम गर्ने वा नगर्ने कुनै जानकारी नदिँदा अन्य निकायले समेत ती विद्यालय पुनः निर्माणमा चासो नदिएका मिन्दूका मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले बताउनुभयो । 

धादिङमा भूकम्पका कारण ४६५ विद्यालयका तीन हजार ७७५ कक्षा कोठा पूर्णरूपमा ध्वस्त भएकामा दुई हजार २३५ कक्षा कोठा निर्माण भइसकेको छ । नौसय एकतीस कक्षा कोठाको निर्माण जारी छ भने ५६० कक्षा कोठाको निर्माण शुरु नभएको भूकम्पीय पुनःनिर्माण शिक्षासम्बन्धी जिल्ला कार्यान्वयन इकाइका प्रमुख नवराज खतिवडाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ