२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश ७ को राजधानी धनगढीमा ट्राफिक समस्या

४ भाद्र २०७५, सोमबार १०:३८

भदौ ४, धनगढी | प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीमा ट्राफिक समस्या बढ्दै गएको छ । 

समस्या बढ्दै गएपछि धनगढी उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको संयुक्त पहलमा ट्राफिक व्यवस्थापनसम्बन्धी नयाँ योजनाका साथ काम शुरु भएको छ । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनीलकुमार उप्रेतीले बजारको मुख्य सडकमा भीडभाडको समयमा ठूला सवारी साधन आवागमनमा रोक लगाइने बताउनुभयो । 

धनगढी उपमहानगरपालिका र ट्राफिक प्रहरीको पहलमा मुख्य सडकका तीन ठाउँमा निःशुल्क ‘पार्किङ स्थल’को व्यवस्था गरिएको छ । “केही ठाउँमा पार्किङ स्थलका लागि पहल भइरहेको छ,” उप्रतीले भन्नुभयो । धनगढीको चौराहास्थित ट्राफिक चोकमा पहिलोपटक आधुनिक ‘ट्राफिक आई लेण्ड’(ट्राफिक प्रहरी उभिने ठाउँ) स्थापना गरिएको छ । यात्रुको आवागमन सहज बनाउन ठाउँठाउँमा ‘जेब्रा क्रसिङ’ बनाउने, बजारमा चलिरहेका विद्युतीय रिक्साको सञ्चालनको उचित व्यवस्थापन गर्ने लगायतका योजना बनाइएको छ । “दुई महिनायता बजारमा दुर्घटनामा कमी आएको छ,” उप्रेतीले भन्नुभयो । 

धनगढीको मुख्य सडकमा विद्युतीय रिक्साको चापसँगै ट्राफिक व्यवस्थानको चुनौती बढेको छ । धनगढीमा झण्डै एक हजार ५०० विद्युतीय रिक्सा सञ्चालनमा छन् । अस्थायी राजधानी तोकेपछि सवारी साधन तथा जनसङ्ख्या थपिएपछि समस्या बढेको हो । धनगढीको ट्राफिक चोकदेखि क्याम्पस रोडसम्मको झण्डै चार किलोमिटर क्षेत्रमा बढी समस्या भएको छ । बजार क्षेत्रमा सडक मिचेर घर पर्खाल निर्माण गर्ने क्रम बढेको छ । सडक साँघुरो हुँदै गएपछि ट्राफिक समस्या बढेको हो | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य