१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

नेपाली कांग्रेस अर्घाखाँचीको श्रद्धाञ्जली सभा

६ भाद्र २०७५, बुधबार १६:२१

भदौ ६, अर्घाखाँची | नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका वाड नम्वर १० वडा कार्य समितिको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 

सन्धिखर्क नगरपालिका वाड नम्वर १० घर भइ हाल सन्धिखर्क , २ रुब्दी निवासी निवासी हाम्रो पाटी नेपाली कांग्रेसका क्रियासिल सदस्य चुरामणि भटराई, वामदेव भटराईका पिता तथा लिलावती भटराइका श्रिमान नेपाली कांग्रेसका इमान्दार कार्यक्रता लालमणि भटराइको १० औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर लगायतले मन्तब्य राख्दै लालमणि भटराइको मृत्युले पाटीमा अतुलनीय क्षती पुगेको बताउनु भयो । 

यस्तै सन्धिखर्क नगरपालिका वाड नम्वर १० निवासी नेपाली कांग्रेसका उपसभापति उत्तमसिंह ठकुरी, चिरन सिंह ठकुरी, मोतीसिंह ठकुरी र द्रोणसिंह ठकुरीका  वुवा तथा जालकुमारी सिंह ठकुरीका श्रिमान टोपसिंह ठकुरीको आठौ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । 


श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल (मुस्कान), पुर्व पाटी सभापति तथा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, क्षेत्रीय सभापति केसवराज कुवर , नौ नम्वर वडाका वडा अध्यक्ष देव वादुर रायमाझि, लगायतले मन्तब्य राख्नु भएको थियो । 

श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका श्रेत्रिय प्रतिनिधि भेसवहादर विसी, अर्घाका  पुर्व सभापति देवकीनन्दन भुसाल, ९ नम्वरका पाटी सभापति जोगेन्द्र खड्का, शिक्षक संघका पशुपति आचार्य, रिता आचार्य, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, स्वास्थ्य कर्मि संघका जीवनारायण मरासिनी, नेपाली कांग्रेसका इश्वरि मरासिनी, नेपाल किसान संघका भरत भटराइ, श्याम भुसाल, राजकुमार  श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 


दुवै स्थानको श्रद्धाञ्जली कार्यक्रम नेपाली कांग्रेस सन्धिखर्क नगरपालिका १० का सभापति नारायण चुँदालीको अध्यक्षता र सचिव केसव आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन