2026-10-18 02:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न सकेन

भदौ ७, अर्घाखाँची | ओली नेतृत्वको सरकार पनि जनता र राष्ट्रप्रति गम्भिर बन्न नसकेको भन्दै राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सरकारको ध्यानाकर्षण गराएको छ । 

दुइ तिहाइ बहुमत प्राप्त सरकारले जनजीविका, राष्ट्रियता र भ्रष्टाचारको सवालमा शुन्य सहनशिलता अवलम्बन गर्दै संविधानमा उल्लेखित समाजवाद उन्मुख दिशा तय गर्ने छ भन्ने जनताको अपेक्षा रहेपनि त्यो कुरा निरर्थक सावित हुँदै गईरहेको राष्ट्रिय जनमोर्चाले ठहर गरेको छ । 

देशमा मंहगी, भ्रष्टाचार, बलत्कार जस्ता घटनाहरु बढ्दै जांदा तथा जनता बिपदमा पर्दा समेत सरकारले स्पष्ट कदम चाल्न नसक्नु, छिमेकी मुलुक भारतद्धारा गरिएको अतिक्रमित भुमि र राष्ट्रिताको सवालमा स्पष्ट दृटिकोण अपनाउन नसक्नु सरकारको गम्भिर कमजोरी रहेको ठहर गर्दै राजमोले जसले गर्दा मुलुकको राष्ट्रियता समेत खतरामा पर्दै गईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन के.सी.ले आज एक प्रेस बिज्ञप्ती सार्वजनिक गर्दै पछील्लो समय तिनै तहका सरकारले गरेका निर्णय र व्यवहार जनता र राष्ट्रहित बिपरित भएको भन्दै ब्यबहार सुधार गर्न सरकारलाई आग्रह गर्नु भएको छ । अध्यक्ष के.सी.ले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।नेपाल र नेपालीको इच्छा बिपरित जर्बजस्ती लादिएको संघियता थेग्न स्थानिय सरकारले मापदण्ड बिपरित कर असुली गरि जनतामाथी अन्याय गरेको र संघियता खारेज गर्न तथा जर्बजस्ती कर असुल्ने परिपाटी तत्काल बन्द गर्नुपर्ने बिज्ञप्तीमा उल्लेख छ । यस्तै अर्घाखाँची जिल्लाका सबै स्थानिय तहले बढाएको अनावश्यक चर्को कर अविलम्ब फिर्ता गर्न,नरपानी–खाँचीकोटको चुनढुंगा उत्खनन्लाई बन्द गर्न,सालझन्डी ढोरपाटन सडकको सही निकास बारे निर्णय गर्न,लागुपदार्थ दुव्र्यसनीको अन्त्यको निम्ती आवश्यक कदम चाल्न,आत्महत्यालाई निरुत्साहित गर्न,जिल्लाका सार्वजनिक स्थलहरुको अतिक्रमण रोकी संरक्षण गर्न र जनताका सरोकारका विषयहरुमा गम्भिर बन्न सम्बन्धित पक्षलाई बिज्ञप्ती मार्फत आग्रह गर्दै अध्यक्ष के.सी.ले त्यसो नभए राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले कडा आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु