२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेयर बजार घट्यो

२०७५, ७ भाद्र बिहीबार १०:५७

भदौ ७, काठमाडौँ | बैंक तथा वित्तीय संस्थाले धमाधम गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरिरहेको भए पनि शेयर बजारलाई त्यसले कुनै प्रभाव पारेको छैन । 

आज शेयर बजार ओरालो लागेर कारोवार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक करीब चार अङ्क अर्थात् ३.९२ बिन्दुले घटेर एक हजार १७८.५० मा झरेको छ । यस्तै ‘क’ वर्गका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५४ बिन्दुले घटेर २४८.९९ बिन्दुमा कायम छ । 

आज कूल १५९ कम्पनीको १० लाख २० हजार ५९५ कित्ता शेयर रु २७ करोड ७३ लाख आठ हजारमा कारोवार भएको छ । स्टकका अनुसार दुई उपसमूहको शेयर बढ्दा अन्य उपसमूहको घटेको छ । विकास बैंक ०.१८ र अन्य समूह ५.०७ बिन्दुले बढ्दा बैङ्किङ ३.५३, जलविद्युत् १४.६२, होटल २.३६, वित्त ०.०७, निर्जीवन बीमा २७.५५, उत्पादन ५४.६७, माइक्रोफाइनान्स ४.४१, जीवन बीमा ३८.६४ ले घटेको छ । 

एनआइबिएल समृद्धि फण्ड र लक्ष्मी भ्यालू फण्ड एकका लगानीकर्ताले आज कमाएका छन् भने युनिलिभर नेपाल लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंकका शेयर लगानीकर्ताले गुमाएका छन् । 

बोनस शेयर सूचीकृत 

मेघा बैंक लिमिटेडको ९९ लाख ८६ हजार ९५१ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । यस्तै लुम्बिनी विकास बैंकको १६ लाख ४६ हजार ४४२ कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको छ । यसैगरी नेपाल कम्युनिटी विकास बैंकको चार लाख १७ हजार ४६१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै एनआइबिएल समृद्धि फण्ड एकले एकाइधनीलाई करसहित १२ प्रतिशतका दरले हुन आउने रु १२ करोड प्रतिफल वितरण गर्ने जानकारी स्टकलाई गराएको छ । प्रतिफलपश्चात् उक्त सामूहिक योजनाको खुद सम्पत्ति मूल्य प्रतिएकाइ १० रुपैयाँ नौ पैसा कायम रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ