Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अब हवाई यात्रुको बिमा १ करोड ७८ लाख

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, काठमाडौं | हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमा बापत रु. १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।

विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो ।

संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए ।

उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।

आजको कारोबारमा समाचार छापिएको छ ।