३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालय: दुई वर्ष अघि पास भएकाहरु अहिले फेल !

८ भाद्र २०७५, शुक्रबार ०२:५८

भदौ ८, काठमाडौं | देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ । 

२०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो ।

त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ एसजिपिए भन्दा कम प्राप्त गर्नेलाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो । त्रिवि आफ्नै निर्णय समेत गैरकानुनी र आफैंमा विवादित देखिएको छ ।

सुरुमा एउटा व्यवस्था गर्ने र भूत प्रवाही हुने गरी सेमेस्टार प्रणाली लागू भएको वर्र्षौपछि अर्को निर्णय गर्ने त्रिविको निर्णयपछि विद्यार्थीहरु आक्रोशित समेत बनेका छन् । विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टार प्रणालीमा विश्व बैंकको कम्प्लेनपछि पाँच वर्षपछि विद्यार्थीको भविष्य नै अन्धकार हुने निर्णय गरेको विद्यार्थीहरुको भनाई छ ।

त्रिविले वर्षदिन अघि नै भूतप्रवाही हुनेगरी एसजिपिए ३ ल्याउनुपर्ने नयाँ नियम लागू गरेपनि सार्वजनिक नगर्दा विद्यार्थी झनै आक्रोशित बनेका छन् । आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थी शोधपको कार्य सकेर ट्रान्सक्रिप्ट लिन त्रिवि कार्यालय बल्खु पुग्दा उनको प्रिन्ट भएको ट्रान्सक्रिप्टमा हातले नै फेल लेखिदिएको थियो । त्यसपछि मात्र विद्यार्थीहरुले नियमबारे थाहा पाएका थिए ।

- आजको राजधानी दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट