2026-09-20 04:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालय: दुई वर्ष अघि पास भएकाहरु अहिले फेल !

भदौ ८, काठमाडौं | देशकै जेठो मानिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मनोमानी निर्णयले सेमेस्टर प्रणालीका सयौं विद्यार्थीको भविष्य अन्योल बन्न पुगेको छ । 

२०७० सालदेखि त्रिवि किर्तिपुर र केन्द्रीय विभागहरुमा सेमेस्टार सुरु गरेको त्रिविले सेमेस्टर प्रणालीको विषयमा आफू र दाता अनुकुल हुने गरी मनलाग्दी निर्णय गर्दा सयौं विद्यार्थीहरुको भविष्य अन्धकार हुने अवस्थामा पुगेको हो ।

त्रिविले सेमेस्टर सुरु हुँदा २.७ वा सो भन्दा बढी जिपिए ल्याउनेलाई पास गराउने नीति लागू गरेकोमा पहिलो र दोस्रो ब्याजका विद्यार्थीले चौथो सेमेस्टर अध्ययन समापन गरिसकेपछि अहिले आएर एसजिपिए ३ प्राप्त नगर्ने विद्यार्थीलाई फेल गराई दिएको छ । त्रिविले केही समय अघि भने ३ एसजिपिए भन्दा कम प्राप्त गर्नेलाई समेत ट्रान्सक्रिप्ट वितरण गरिसकेको थियो । त्रिवि आफ्नै निर्णय समेत गैरकानुनी र आफैंमा विवादित देखिएको छ ।

सुरुमा एउटा व्यवस्था गर्ने र भूत प्रवाही हुने गरी सेमेस्टार प्रणाली लागू भएको वर्र्षौपछि अर्को निर्णय गर्ने त्रिविको निर्णयपछि विद्यार्थीहरु आक्रोशित समेत बनेका छन् । विश्व बैंकको अनुदानमा सुरु भएको सेमेस्टार प्रणालीमा विश्व बैंकको कम्प्लेनपछि पाँच वर्षपछि विद्यार्थीको भविष्य नै अन्धकार हुने निर्णय गरेको विद्यार्थीहरुको भनाई छ ।

त्रिविले वर्षदिन अघि नै भूतप्रवाही हुनेगरी एसजिपिए ३ ल्याउनुपर्ने नयाँ नियम लागू गरेपनि सार्वजनिक नगर्दा विद्यार्थी झनै आक्रोशित बनेका छन् । आम सञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका एक विद्यार्थी शोधपको कार्य सकेर ट्रान्सक्रिप्ट लिन त्रिवि कार्यालय बल्खु पुग्दा उनको प्रिन्ट भएको ट्रान्सक्रिप्टमा हातले नै फेल लेखिदिएको थियो । त्यसपछि मात्र विद्यार्थीहरुले नियमबारे थाहा पाएका थिए ।

– आजको राजधानी दैनिकमा समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो