पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ८, काठमाडौं | राजधानीको भित्री र मिश्रित पुरानो बसोबास क्षेत्रमा अब आठ तले घर बनाउन पाइने भएको छ ।

घरको उचाइ कम हुँदा पुरानो शहरी क्षेत्रका बासिन्दालाई समस्या पर्दै आएको गुनासो बढेपछि काठमाडौं महानगरपालिकाले नयाँ मापदण्ड लागू गरेको हो ।

महानगरपालिकाले नयाँ मापदण्ड ल्याएसँगै ४५ फिट अर्थात ५ तले घर बनाउन पाइने मुरानो मापदण्ड खारेज भएर ८ तलेसम्म बनाउन पाउने भएका हुन् ।

मापदण्ड अनुसार अब संरक्षित उपक्षेत्रमा भवन निर्माण गर्दा घरको उचाइ फ्लोर एरिया रेसियो (फार) अधिकतम ६५ फिट अर्थात ७ तला र मिश्रित पुरानो क्षेत्रमा अधिकतम ८ तला अर्थात ७५ फिट हुनेछ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।