2026-10-15 03:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णाली सरकारको बैठक ‘पेपरलेस’

भदौ ९, सुर्खेत | कर्णाली प्रदेश सरकारले पनि विद्युतीय बैठक प्रणालीको थालनी गरेको छ । प्रदेशलाई डिजिटल प्रदेशका रुपमा विकास गर्ने लल्यसहित शनिवारदेखी पेपरलेस मन्त्रीपरिषद वैठक शुरु गरिएको हो ।

प्रदेशका सबै मन्त्रालयहरुमा अबदेखी विद्युतीय सुरक्षा प्रणाली गरिने सरकारका प्रवक्ता विमला केशीले जानकारी दिइन् । उनका अनुसार कार्यालय संचालनमा पनि विद्युतीय प्रणाली प्रयोग गरिनेछ । सरकारका कामकारवाहीलाई सरल, प्रभावकारी, पारदर्शी र मितव्ययी बनाउने उदेश्यले विद्युतीय सरकार (ई–गभर्नेन्स) को अवधारणा लागु गर्न लागेको प्रवक्ता केशीको भनाई छ । यता, कर्णाली प्रदेश सरकारले दश जिल्लामा सरकारी काम कारवाहीलाई प्रवभाकारी बनाउन सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । ‘विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेशस्थित सबै जिल्लामा सबै मन्त्रालयका एकिकृत सम्पर्क कार्यालय स्थापना गर्न लागेका छौं’ केसीले भनिन्, ‘सरकारले प्रवाह गरिरहेको सेवा प्रभावकारी भए नभएको निगरानी र अन्य गतिविधिहरुको जानकारी लिनमा सहयोग पुग्नेछ ।’

प्रदेश मन्त्रालयहरु र केन्द्र सरकारले विनियोजन गरेको बजेटको सही सदुपयोग भए नभएको जानकारी सम्पर्क कार्यालयले लिनेछ । यस्तै बैठकले संगठन तथा अध्ययन समिति गठन गरेको छ । समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय नरेश भण्डारीको संयोजक छन् । समितिमा सबै मन्त्रालयका सचिव, २ जना विज्ञ र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव समितिको सदस्य सचिव रहेका छन् ।  भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश गरिबी निवारण समन्वय समिति (गठन तथा संचालन) निर्देशिका स्वीकृत गरेको प्रवक्ता केसीले बताइन् । बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खेलकुद बिधेयक र स्वास्थ्य विधेयकलाई सैद्धान्तिक सहमति दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पेश गरेको प्रदेश बिपद ब्यवस्थापन कोष संचालन निर्देशिका, २०७५ लाई थप छलफलका लागि सम्वन्धित समितिमा पठाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु