2026-10-15 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व माओवादी लडाकु शिविरमा नर्सरी स्थापना गरिने

भदौ १०, सुर्खेत | पूर्वी सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा रहेको पूर्व माओवादी लडाकु शिविरमा हाइटेक नर्सरी बनाइने भएको छ । शान्ति प्रकृयाका बेला सेना समायोजन हुनुपूर्व माओवादी लडाका बसेको शिविरमा प्रदेश सरकारले हाइटेक नर्सरी स्थापना गर्न लागेको हो ।

तत्कालिन माओवादीको छैठौं मुख्य शिविर हाल कृषि अनुसन्धान केन्द्र छ । नर्सरी स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद बिन्दमान विष्ट लगायतको समूहले स्थलगत अवलोकन गरेका छन् । कृषि मन्त्रालयले जग्गा, वातावरण लगायत आवश्यक कुराहरुको सम्भाव्यता अध्ययन गर्न काठमाडौंबाट कृषि विज्ञको टोली समेत बोलाएको थियो ।

कृषि विज्ञ साधुरामसिंह बस्नेतले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि दशरथपुर उपयुक्त हुने बताए । उनले भने, ‘नर्सरीको निम्ति यो ठाउँ ८० प्रतिशत उपयुक्त छ ।’ तत्कालीन समयमा मुख्यमन्त्री शाहीनै छैठौं डिभिजनका कमाण्डर रहेका थिए । हाइटेक नर्सरीले किसानलाई चाहिएको समयमा आवश्यक बेर्ना नै उपलब्ध गराउँछ । बेर्नाबाट कृषि व्यवसाय गर्दा बिउको माध्यमबाट लाग्ने रोगमा ४० प्रतिशतले कमी आउँछ । यो परम्परागत रुपमा खेती गर्ने किसानको लागि पनि खुशीको कुरा हो ।

कृषि अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत कृष्ण ढकालले जानकारी दिए अनुसार प्लाष्टिकको घरभित्र आवश्यक तापक्रममा बेर्ना उत्पादन गरिने भएकोले जुनसुकै समयमा बेमौसमी बेर्ना उत्पादन गर्न सकिन्छ । उनका अनुसार पूर्वी सुर्खेतको हावापानी तथा माटोमा प्राकृतिक रुपमा र किसानले लगाइरहेका हरेक बाली तथा फलफूलका बेर्ना नर्सरीमा उत्पादन गर्न सकिन्छ । कर्णाली प्रदेश सरकारले हाइटेक नर्सरीको माध्यमबाट सस्तो दरमा किसानलाई विभिन्न जातका स्वस्थ बिरुवा उपलब्ध गराई उत्पादनमा बृद्धि गर्ने उदेश्यले यस्तो नर्सरी स्थापना गर्न लागेको मन्त्री विमला केसीले बताइन् ।

कर्णाली प्रदेशका २४ वटै निर्वाचन क्षेत्रमा हाइटेक नर्सरी स्थापना गर्ने भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको योजना छ । मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा प्रदेश अन्तर्गतका १० जिल्लामा रहेका प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा एक एक वटा हाइटेक नर्सरी स्थापना गरिने योजना छ । यस प्रकारको उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि मन्त्रालयले २४ करोड रुपैया विनियोजन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु