२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्यालेस्टाइनद्वारा अमेरिकालाई शरणार्थी बिषयमा हस्तक्षेप नगर्न चेतावनी

२०७५, १० भाद्र आईतवार १७:४५

भदौ १०, रामल्ला, प्यालेस्टाइन | (रासस/सिन्ह्वा) | अमेरिकालाई प्यालेस्टिनी शरणार्थीको बिषयमा हस्तक्षेप नगर्न प्यालेष्टिनी दुई उच्च अधिकारीले आइतबार चेतावनी दिएका छन् । 

अमेरिकी सरकारले लाखौँ प्यालेस्टिनी शरणार्थी घर फर्किन पाउने अधिकारलाई अस्वीकार गरेको भन्ने इजरायली सञ्चारमाध्यममा खबर आएको एक दिनपछि प्यालेस्टाइन लिवरेसन अर्गनाइजेसन (पिएलओ)का कार्यकारी समिति सदस्य वासेल अबु यूसेफ तथा अहमद अबु हाउलीको उक्त प्रतिक्रिया आएको हो । 

प्यालेस्टिनी पक्षले आफ्ना नागरिकको राष्ट्रिय अधिकारलाई प्रभावित गर्ने कुनैपनि बिषयलाई अस्वीकार गर्नेछ, यूसेफले प्यालेष्टिनी रेडियो ‘भ्वाइस अफ प्यालेस्टाइन’लाई दिएको अन्तवार्तामा बताउनुभयो । 

उहाँले संयुक्त राज्य अमेरिकाले इजरायलको पक्षमा ‘पूर्ण पक्षपातपूर्ण’ व्यवहार देखाएको पनि उहाँको आरोप छ । प्यालेस्टिनी नेताहरूले वर्तमान् अमेरिकी प्रशासनसँग तत्काल कुनै सम्पर्क भएको कुरालाई नकार्नुभयो । आन्दोलन (सङ्घर्ष)का कारण अमेरिकी प्रशासनले प्यालेस्टिनी जनताको ऐतिहासिक अधिकारविरुद्ध हुनेगरी निर्णयहरू गर्ने गरेको बताउँदै यसले अमेरिकालाई राम्रो नहुने उहाँहरूको भनाइ थियो । 

शरणार्थी विभागका प्रमुखसमेत रहेका हाउलीले इमेलमार्फत एक विज्ञप्ति पठाउँदै भन्नुभयो, प्यालेस्टिनी शरणार्थीको समस्या विल्कुल इजरायली–अरब द्वन्द्व भएको भन्दै यसमा अमेरिकी हस्तक्षेप अनावश्यक रहेको बताउनुभएको छ । 

प्यालेस्टिनी समस्याबारे कार्यान्वयनमा आउन लागेको संयुक्त राष्ट्र सङ्घको सङ्कल्प प्रस्तावलाई अमेरिकाले रद्द गर्न नमिल्ने बताउनुभयो । 

“प्यालेस्टिनी शरणार्थी घर फर्कन पाउने अधिकारलाई अन्तराष्ट्रिय कानून तथा मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रले प्रत्याभूत गरेको बिषय हो ।” 

एक इजरायली टेलिभिजनले शनिबारको प्रशारणमा सन् १९४८ भन्दा पहिले जन्मेका प्यालेस्टिनीहरूलाई मात्र शरणार्थीको मान्यता दिन चाहेको भन्ने सूचनालाई लिएर उनीहरूले अमेरिकालाई प्यालेस्टिनी शरणार्थीका सम्बन्धमा हस्तक्षेपकारी भूमिका नखेल्न चेतावनी दिएका हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट