२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण: ‘जो पनि आउँछन्, यही घरका विषयमा सोध्छन्, थाकिसक्यौं’

२०७५, ११ भाद्र सोमबार ०२:२०

भदौ ११, काठमाडौँ | निर्मला पन्तको हत्या अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रोशनी र बबिता बमको बयान आइतबार पनि सुरु भएको छैन । प्रहरीले आन्तरिक तयारी नसकिएकाले बयान ढिलो भएको बताएको छ ।

डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृत तोकेर सूक्ष्म अनुसन्धान भइरहेको एसपी कुबेर कडायतले जानकारी दिए । ‘हामीले आन्तरिक रूपमा गर्नुपर्ने अनुसन्धानका विभिन्न चरणमा काम गरिरहेका छौं,’ उनले भने, ‘बम दिदीबहिनीलाई पक्राउ गरेपछि आज (आइतबार) म्याद सकिएकाले बयान लिन सकिएन, भोलि म्याद थपेर बयान लिनेछौं ।’

जिल्ला प्रहरीले अनुसन्धान गरिरहेको र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत सघाइरहेको कडायतले बताए । ‘अनुसन्धान जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी टोलीले प्राविधिक रूपमा सघाउने मात्र हो,’ उनले भने । डीएसपी अंगुर जीसीको नेतृत्वमा तीन सदस्यीय सीआईबी टोली घटनालगत्तै महेन्द्रनगर आएको थियो ।

‘घटनाको केन्द्रविन्दु नै बम परिवारको घर हो,’ भीमदत्त नगरपालिका–१८, भगतपुरका एक वृद्धले भने, ‘प्रहरीले घटनाको जानकारी पाएपछि बम दिदीबहिनीलाई अनुसन्धान दायरामा ल्याउनुको साटो संरक्षण गर्दै निर्दोष सर्वसाधारणलाई धरपकड गर्ने काम गर्‍यो ।’ प्रहरीले गाउँका सोझासाझा, शारीरिक रूपमा अशक्त र सुस्त मनस्थितिका व्यक्तिलाई छानी–छानी पक्राउ गरेर हत्याको जिम्मा लिन दबाब दिएको आरोप उनले लगाए । ‘जो पनि आउँछन्, यही घरका विषयमा सोध्छन्, के भएको, के हुन्थ्यो, जवाफ दिँदादिँदा थाकिसक्यौं,’ स्थानीय भन्छन् ।

तश्विरमा: निर्मला पन्त हत्या प्रकरणसँग जोडिएको घर । 

- यो खबर आजको कान्तिपुर दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै