Skip to content
Friday, July 17, 2026 Nepali Online Media

छोरीको शव भेट्नुअघि निर्मलाकी आमा पटक-पटक यही घरमा गईरहिन्

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १२, काठमाडौँ |</b> रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे गएकी थिई।’ रोशनीको घरमा उनकी दिदी बविता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् ।</p>
<figure><img src="http://sajhasabal.com/uploads/posts/dfb6194de32944723cf250ada41f3a7d1535423387.jpg">
<figcaption class="op-vertical-center">
<cite class="op-vertical-below op-right">हत्या भएकी निर्मलाकी आमा दुर्गादेवी पन्त</cite>
</figcaption></figure>
<p>होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताईएपनि उनी भने घर पुगिनन् । ‘ म त्यही दिन सामान लिन बनवासा गएकी थिए’ दुर्गादेवीले भनिन्,‘ घर पुगेर निर्मला कहाँ छे भनेर खोजे, अरु छोरीले साथी रोशनीकोमा गएको छ भने।’ साँझ पर्न लाग्दा समेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगे उनले भनिन् । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताएपनि उसको दिदीले आक्रोश शब्दमा आफूप्रति खनिइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनी कै घरमा गएर छोरी खोज्ने प्रयास गरे’ उनले भनिन्,‘तर रोशनीको दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखायो।’'</p>
<figure><img src="http://sajhasabal.com/uploads/posts/b49844db0db033b8050859793d146ff01535423398.jpg">
<figcaption class="op-vertical-center">
<cite class="op-vertical-below op-right">बम दिदिबहिनी बस्ने घर, जहाँ हत्या भएकी निर्मला होमवर्क गर्न गएकी थिइन्</cite>
</figcaption></figure>
<p>स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरी निन्द्रा परेन् । अर्कोदिन भोलीपल्ट पनि खोजी शुरु भयो । ‘ त्यसदिन समेत म बिहान फेरी मनले मानेन र सोध्न गए’उनले भनिन्,‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले साईकल भेटियो भन्दा उल्टै साईकल भेटियो त लाश पनि त्यतै भेटिएला नी भन्ने जवाफ फर्काइन ।’ साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला पर्‍र्यो ।</p><p>- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।&nbsp;</p>