२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इराकमा आत्मघाती आक्रमण

१४ भाद्र २०७५, बिहीबार १२:१३

भदौ १४, बग्दाद | तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई प्रहरी अधिकारीको मृत्यु भएको प्रान्तीय एक सुरक्षा अधिकारीले जानकारी दिएका छन् । 

किर्कुकको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएका थिए । 

उक्त स्थान किर्कुक प्रान्तको प्रान्तीय शहर नामेकाकेबाट ५० किलोमिटर दक्षिणपश्चिममा रहेको छ । हवीजाह प्रहरीका प्रवक्ता मोस्ताफा अब्दुल राजाक आक्रमण र हताहतको पुष्टी गर्नुभएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टटेस (आइएस)ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् । 

इराकी सुरक्षा बलले आइएस आतङ्ककारी विरुद्ध पश्चिम किर्कुकको हवीजाह क्षेत्र, मोसुल र सलाहुदिन प्रान्तमा कारबाही जारी राखेपछि बर्षौदेखि आफ्नो बलियो पकड रहेको यस इलाकाबाट गएको केही महिनायता दर्जनौ आइएस आतङ्ककारी त्यहाँबाट भाग्न बाध्य भएका थिए । 

अतिवादी समूहले एक पटक कब्जा लिएको सबै इलाका इराकी सुरक्षाबलले पुनः कब्जा लिएपछि सन् २०१७ को डिसेम्बरमा इराकी सरकारी अधिकारीले इराक आइएस आतङ्ककारीकबाट मुक्त भएको दाबी गरेको थियो । 

यद्यपी हाल पनि नगर र ग्रामीण इलाकामा आइएस आतङ्ककारीको उपस्थिति रहेको र उनीहरुका आफूहरुलाई पुनः समूह बनाउँदै आक्रमण गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य