Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बेरोजगार भत्ता विधेयक सदनमा पेस, कस्ता-कस्ताले पाउँछन् भत्ता ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ १७, काठमाडौं (रासस) | रोजगारीका लागि ४० लाख युवा मुलुक बाहिर कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेस गरको छ ।<br></p><p>विधेयकमा प्रत्येक बेरोजगार व्यक्तिलाई बेरोजगार सहायता पाउने अधिकार हुनेछ भन्ने प्रावधान राख्न प्रस्ताव गरिएको छ । विधेयक अध्ययनका लागि वितरण गरिएको छ । विधेयकमा बेरोजगार व्यक्ति भन्नाले एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएको १८ देखि ५९ वर्ष उमेर समूहको नागरिक भनी परिभाषा गरको छ । बेरोजगार केन्द्रमा सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको सय दिन बराबरको रकमको ५० प्रतिशत रकम तोकिएको सर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराइने विधेयकमा उल्लेख छ ।&nbsp;</p>