2026-09-14 04:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बड्डिचौरमा खानेपानी आयोजना सञ्चालन, मन्त्री विना मगरद्वारा उद्घाटन

भदौ १८, सुर्खेत | कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा पाँच करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा आएको छ । बड्डिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाँच करोड ३७ लाख ९२ हजार लागतमा आयोजना निर्माण गरेर बराहतालको वडा नम्बर ५ र ८ का नागरिकहरुलाई  खानेपानी वितरण गरेको हो ।

आयोजनाको खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सोमबार उद्घाटन गरकी छन् । बराहताल गाउँपालिका–५ बड्डीचौरमा झण्डै १३ किलोमिटर दुरीमा रहेको डमारेखोलादेखी पाइपलाइनबाट खानेपानी ल्याइएको छ । ०६४ सालदेखी नै यहाँका नागरिकहरुलाई स्वच्छ खानेपानी पुर्याउन समितिले निर्माण शुरु गरेको थियो । समितिले करोडौं रकम खर्चेर खानेपानीकै लागि घण्टौं हिड्न बाध्य नागरिकहरुलाई खानेपानी घर–घरमा वितरण गरेको छ । यहीँ आयोजनाका लागि ०६४–०७१ सम्म चार करोड ५६ लाख २० हजार, वैकल्पिक खानेपानीको मुहानबाट पानी पोखरीसम्म पाइप लाइन विस्तार गर्न २६ लाख ४० हजार, ०७२ मा एक सय घनमिटरको पानी पोखरी निर्माण गर्न २१ लाख, ०७२ मै धुलेचौरमा ६ घनमिटरको पानी पोखरी निर्माण लागतमा चार लाख ५६ हजार खर्च भएको समितिका अध्यक्ष अर्जुनकुमार बुचा मगरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०७३/०७४ मा मर्मत सुधार बजेट कोषको २१ लाख र जनश्रमबाट चार लाख २० हजार तथा ०७२ मा ६ घनमिटरको पानी पोखरी निर्माणमा चार लाख ५६ हजार बजेट खर्च भएको छ । यो रकम सरकारी अनुदान र जन श्रमदानको हो ।

आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि बराहताल गाउँपालिका–५ र ८ का तीनहजार पाँचसय ७७ घरधुरी लाभान्वित भएका छन् । समितिले दुई लाख २८ हजार लिटरका पानी पोखरी निर्माण गरेको छ । उनले चालु आर्थिक वर्षमा वडा नम्बर ८ का उपभोक्ताहरुलाई गुणस्तरिय पानी खुवाउने लक्ष्य राखिएको उल्लेख गरे । यही आर्थिक वर्षमा आयोजना पूर्ण रुपमा सम्पन्न गरेर थप सातसय ७२ धारा वितरण गर्ने समितिले जनाएको छ । यी मध्य सार्वजनिक धारा १० र भने न्यून आम्दानी भएका चार घरमा धारा जडान गरिने अध्यक्ष मगरको भनाई छ ।

भेरी लिफ्टीङ्ग आयोजना शुरु गर्छौंः मन्त्री मगर

यसैविच, खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न भेरी नदीको पानी लिफ्ट गर्ने योजना चालु आर्थिक वर्षबाट कार्यान्वयन हुने बताएकी छन् । बड्डीचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निर्माण गरेको आयोजना उद्घाटन गर्न पुगेकी मन्त्रीले उपत्यकाबासीले सहज खानेपानी वितरण गर्न मन्त्रालय कटिवद्ध रहेको बताएकी हुन् ।

आयोजनाका लागि मन्त्रालयले डिपिआर सकिएर बजेट छुट्टयाउने काम भइरहेको मन्त्री मगरले जानकारी दिइन् । उनले उपत्यकाको खानेपानी संकट केही वर्षमै अन्त्य हुने बताईन् । उनले सुर्खेतमा चौकुने, विद्यापुर, सालकोट र तरंगा खानेपानी आयोजनाहरु सञ्चालन गर्न मातहतका निकायलाई डिपिआरका लागि अग्रहर हुन निर्देशन दिइन् । सरकारको लक्ष्य अनुसार नागरिकहरुलाई स्वच्छ खानेपानी पु¥याउने कार्यमा मन्त्रालय अग्रसर रहेको बताईन् । सुर्खेतमा रहेका खानेपानी र सफाईका क्षेत्रका समस्याहरुलाई एकिकृत गरेर लिएर आउन आग्रह गरेकी मन्त्री मगरले आवश्यकताका आधारमा सुर्खेती जनतालाई स्वच्छ खानेपानी पुर्याउनमा कुनै कञ्जुसाई नगर्ने बताईन् । ‘डाडाँमा घर छ तर तल खोला बगिरहेको छौं’ मन्त्री मगरले भनिन्, ‘पानीकी लागि कयौं दिदी बहिनी घटौं हिड्नु पर्ने बाध्यताको महशुस आफूले गरेकाले यसको निराकण गर्न मन्त्रालय कटिवद्ध रहेको छ ।’ जनतालाई खानेपानीको  आवश्यकता पूरा गरेर विश्व बजारमा नेपाली पानी विक्री गर्ने उदेश्यमा उद्धत भएको उनको भनाई थियो ।

कर र सरकारलाई आलोचना भइरहेका विषयमा ईंकित गर्दै मन्त्री मगरले प्रश्न र हावादारीमा उडिरहेकाहरुको पछि नलाग्न आग्रह गरिन् । केही व्यक्तिहरुले ठूलो स्वरमा आवाज घन्काएर सरकारको धज्जी उडान खोज्दैछन्’ मन्त्री मगरले भनिन्, ‘विग्रिएको घर मर्मत सम्भार गर्दै अघि बढिरहेकाले जनताका अपेक्षाअनुसार काम यहीँ सरकारले गर्छ विचलित नहुनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ