Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा तीन बर्षदेखि १३ बर्षिया बालिका बलात्कृत, हजुरबुबाद्वारा मार्ने धम्कि !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १९, दाङ | कोहलपुरकी १३ बर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् ।

बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् । मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो ।

हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनाइृ उद्धृत गर्दै उनले भने ।

उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् । नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।

परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनई छ ।

- आजको अन्नपुर्णपोष्टमा यो समाचार छ ।