३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै

२० भाद्र २०७५, बुधबार ०२:३०

भदौ २०, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरको आरोपमा पक्राउ परका काभ्रे रोशी गाउपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् । 

उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको छ । सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर ह्याकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन ल्याइएको भए पनि पछिल्लो समय यो ऐनको प्रयोग अनलाइनमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काममा प्रयोग भइरहेको बताए । – यो समाचार कान्तिपुर दैनिकमा छ । 

साउन १८ गते एकजना फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा बाँदरको शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखेको चित्र पोस्ट गरेका थिए । सेयर गरिएको फोटोसँगै क्याप्सन लेखिएको थियोः ‘पहाडमा रेल, मधेसमा मार्सी चामलको खेती, ट्याक्टरले खेत जोत्ने, हेलिकप्टरले विउ छर्न, पानीजहाजले पानी ओसार्न र तीन करोड नेपालीलाई ३६५ दिनै दशैंझैँ सुखै–सुखले पाल्ने मेरो प्रतिवद्धता भयो ।’ 

फोटो सेयर गर्दा साइबर क्राइम लाग्ला र प्रहरीको फन्दामा परिएला भन्ने सरकारी कर्मचारीसमेत रहेका सिग्दलले सोच्दै सोचेका थिएनन् ।

सिग्देलले नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।  उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल