२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ बर्षमा मात्र एक रातको लागि फूल्छ यो फूल, क्यान्सरको उपचारमा फलदायी

२०७५, २२ भाद्र शुक्रबार ००:४९

सास | हिमालको काँखमा कस्ता-कस्ता अद्भुत फुल, जडिबुटी तथा जीवहरु हुन्छन भन्ने कुरा बारे हामीलाई कतिपय कुराहरु थाहा नहुन पनि सक्छ । हिमालमा पाइने एक यस्तो फूल पनि छ जो १४ बर्षमा  एक रातको लागि मात्र फुलेको देख्न पाइन्छ । अन्यथा यो फुल फूल कोपिला जस्तो स्वरूपमा मात्र देख्न पाइन्छ, जसको नाम हो ब्रह्मकमल । यो फूल तीन हजार मीटरको ऊंचाई भन्दा माथि फुल्छ । 

अचम्मको कुरा के छ भने राति फूल्ने यो फूल बिहान हुने बित्तिकै फुल्न बन्द हुन्छ । यसलाई हेर्न संसारभरीका मानिसले चाहन्छन। भारतको उत्तराखण्डले राज्य फूलको रुपमा समेत यो फूललाई लिएको छ । ब्रह्मकमललाई फरक फरक स्थानमा फरक-फरक नामले चिनिन्छ । जस्तो कि ब्रह्मकमल, दूधाफूल, गलगल र बरगनडटोगेस । 


यस्ता छन् ब्रह्मकमलसँग जोडिएको ५ खास कुरा  

१. निकै चिसो क्षेत्रमा पाइन्छ ब्रह्मकमल 

ब्रह्मकमल हिमाली भेगमा पाइन्छ । नेपालमै पनि ब्रह्मकमल पाइन्छ । धार्मिक तथायो  प्राचीन मान्यताअनुसार ब्रह्मकमललाई भगवान महादेवको प्रिय फूल मानिन्छ । यसको नाम उत्पत्तिका देवता ब्रह्माको नामबाट राखिएको हुनाले यो फूललाई निकै शुभ फूल मानिन्छ ।

२- चीनमा पनि फुल्छ, भंनिन्छ तानहुआयिझियान 

ब्रह्मकमल सुन्दर, सुगंधित र दिव्य फूल मानिन्छ । वनस्पति शास्त्रमा ब्रह्मकमलको ३१ प्रजाति छ भनिएको छ । चीनमा पनि ब्रह्म कमल फुल्छ जसलाई 'तानहुआयिझियान' भन्ने गरिन्छ, जसको अर्थ हो प्रभावशाली तर कमसमयको लागि मात्र । यसको वानस्पतिक नाम 'साउसुरिया ओबुवालाटा' हो । बर्षको मात्र जुलाई-सेप्टेम्बरको समयमा फुल्ने यो फूल मध्यरातमै फुलेर बन्द हुन्छ । ब्रह्मकमललाई सुकाएर क्यान्सर रोगको उपचारमा उपयोगी हुने हुँदा नेपालका हिमाली भेगका जडीबुटी ब्यापारीहरुले यो फुलबाट मनग्य पैसा समेत आर्जन गर्ने गरेका छन् ।

३. भारतको केदारनाथ धाममा ब्रह्म वाटिकामा पनि यसको रौनक छ 

भारतको केदारनाथमा प्रहरीले ब्रह्मवाटिका बनाएको छ, जहाँ पनि यो फूल फूलेको छ । खास कुरा के छ भने सम्भवतः मानिसले बनाएको पहिलो वाटिका यही हो जसमा ब्रह्मकमल फूलेको छ । केदारनाथ प्रहरीका अनुसार यस वाटिका तयार गर्न करिव तीन वर्ष लागेको थियो ।

४. औषधी गुण भएको कारण संरक्षित प्रजातिमा पर्छ 

यसको सुन्दरता र औषधीजन्य गुणको कारण पनि यसलाई संरक्षित प्रजातिमा राखिएको छ । क्यान्सर जस्तो खतरनाक रोगको उपचारमा ब्रह्मकमल प्रयोग गर्ने हुँदा पनि यसको महत्व बढेर गएको छ । यो पनि भनिन्छ, घरमा पनि ब्रह्मकमल राख्नाले कयौं दोष टाढा भाग्छ । घरको धन/जनको रक्षा हुन्छ । 

धार्मिक मान्यताको ब्रह्मकमलमा नकली ब्रह्मकमल पनि रहेको छ । केक्टसको फूल पनि रातको समयमा फूल्ने हुँदा त्यसैलाई असली ब्रह्मकमल मानेर पनि कतिपयले पुजा गर्ने गरेका छन् । तर असली फूल ३००० देखि ५००० मिटरको उचाईमा मात्र पाइने हुन्छ । एक तरिकाले भन्दा यो फूल त्यस्तो स्थानमा फूल्छ, जहाँ अन्य बोट-बिरुवा अत्याधिक चिसोको कारणले अस्तित्वमै रहँदैन । 

यो फूल नेपालको अलावा भारत, भूटान, म्यानमार, पाकिस्तान र चीनमा पनि पाइन्छ । 

५. महाभारतमा यो फूलको कथा 

महाभारतमा जब द्रौपदीले भीमसँग हिमालय क्षेत्रबाट ब्रह्म-कमल ल्याइदिन जिद्दी गरिन् तब भीम बदरीको आश्रममा पुगे । तर बदरीनाथ नपुग्दै तीन किलोमिटर अघिनै हनुमानले भीमलाई अघि जानबाट रोके । हनुमानजीले आफ्नो पुछारलाई भीमको बाटोमा फालेर बाटो रोकिदिएका थिए । जसलाई पन्छ्याएर अघि बढ्न भीमले सकेनन् । यही हनुमानले भीमको गर्वचुर गरेका थिए । पछी भीमले हनुमान जीसँग आज्ञा लिएर बदरीकाश्रम पुगी ब्रह्म-कमल लिएर द्रौपदी समक्ष पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट