२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कुन-कुन जिल्ला उत्कृष्ट ?

२०७५, २३ भाद्र शनिबार ०३:१०

भदौ २३, काठमाडौं । सरकारले  राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् । 

कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका हुन् । उत्कृष्ट आंगिक क्याम्पसतर्फ पनि कास्कीले नै बाजी मारेको छ ।

आ-आफ्नो वर्गमा उत्कृष्ट नतिजा ल्याउन सफल भइ पहिलो, दोस्रो र तेस्रो भएका शैक्षिक संस्थाहरुलाई राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले पुरस्कृत गर्दछ ।

यस वर्ष पुरस्कृत हुने शैक्षिक संस्थाहरु छनोट गरिएको छ । जसअनुसार सामुदायिक विद्यालयमा कक्षा १० तर्फ शितलादेवी सामुदायिक विद्यालय कास्की पहिलो, त्रिपद्म विद्याश्रम मावि ललितपुर दोस्रो र कालिका मावि रुपन्देही तेस्रो भएका छन् ।

संस्थागत विद्यालयतर्फ मदरल्याण्ड मावि कास्की पहिलो, जेम्स मावि ललितपुर दोस्रो र ज्ञान निकेतन मावि काठमाडौं तेस्रो भएका छन् ।

कक्षा १२ तर्फ सामुदायिक विद्यालयमा अमरसिंह मावि कास्की पहिलो, विश्व निकेतन मावि काठमाडौं दोस्रो र बज्रबाराही मावि ललितपुर तेस्रो भएका छन् ।

संस्थागत विद्यालयमा कक्षा १२ तर्फ एसओएस हर्मन माइनर भक्तपुर पहिलो, एभरेष्ट इंग्लिस बोर्डिङ मोरङ दोस्रो र नेशनल सेकेण्डरी स्कूल ललितपुर तेस्रो भएका छन् ।

आंगिक क्याम्पस तर्फ पृथ्वीनारायण क्याम्पस पोखरा, सामुदायिक तर्फ लुम्बिनी वाणिज्य क्याम्पस रुपन्देही र निजीतर्फ मनमोहन इन्स्िटच्युट अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट क्याम्पसको रुपमा छनोट भएका छन् ।

सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा आंगिकतर्फ लाहान प्राविधिक शिक्षालय सिरहा, सामुदायिकतर्फ पद्मोदय मावि दाङ, साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्िटच्युट मोरङ र निजीतर्फ नेशनल हृयुमन रिसोर्स डेभलपमेन्ट एकेडेमी धनुषा पुरस्कृत हुने भएका छन् ।

बहिरा बालबालिकाको लागि शिक्षाको पहुँचमा उल्लेखनीय योगदान दिएबापत केन्द्रीय बहिरा विद्यालय काठमाडौंलाई समेत पुरस्कृत गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यस वर्ष नेपाल विद्याभुषण ‘क’ बाट २३१ जना, नेपाल विद्याभुषण ‘ख’ बाट ११८ जना, नेपाल विद्याभुषण ‘ग’ बाट १७ जना र नेपाल छात्रा विद्यापदक २० जना गरी कुल ३८६ जनालाई विभुषित गर्दैछ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना प्रधानाध्यापकलाई पनि सम्मानित गरिने छ ।

सरकारले शिक्षक, प्राध्यापक, कर्मचारी, अभिभावक, शिक्षासेवी, व्यवस्थापक लगायतलाई पुरस्कृत गर्न छोडेको भन्दै नेपाल शिक्षक महासंघले भने शिक्षा दिवसको अवसरमा मन्त्रालयले गर्ने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने