प्रभात सुवेदी । भदौ २४, बर्दिया ।

नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । भदौ २४, बर्दिया ।

नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् ।

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

कञ्चनपुरकी निर्मला गाउँ गाउँमा आइन् ! (भिडियो)

२४ भाद्र २०७५, आईतवार ०३:४४

प्रभात सुवेदी । भदौ २४, बर्दिया ।

नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् ।


यसै प्रसंगमा गुलरिया नगरपालिका वडा नं. २ को सहयोगमा वडा स्तरीय महिला सञ्जालले शनिबार पण्डितपुरमा आयोजना गरेको महिला हिंसा विरुद्ध सम्बन्धी विषयमा केन्द्रित रहेर आयोजना गरिएको वडा स्तरीय तीज गीत प्रतियोगितामा सहभागी महिलाहरुले पछिल्लो समयमा कञ्चनपुर लगायत नेपालका विभिन्न स्थानमा भएका महिला हिंसा तथा बलात्कार सम्बन्धी विषय र दोषीलाई कारवाही नभएर उन्मुक्ति दिने प्रवृत्ती बढेकोमा विरोध स्वरुप शब्दहरु बुनेर गीत गाएका थिए । 

प्रदेश सांसद तिलक शर्मा ‘हिमाल’ को प्रमुख आतिथ्यता, नगरपालिका प्रमुख मुक्तिनाथ यादवको विशेष आतिथ्यतामा सम्पन्न यो तीज गीत प्रतियोगितामा वडा नं. २ र ४ का अध्यक्षहरु लगायत नगर कार्यपालिकाका पदाधिकारीहरु तथा महिला सञ्जालका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा सहभागी सात ओटा समूहहरुमध्ये कृष्णसार समूह, कृष्णसार पीडित टोल विकास संस्था, प्रगतिशील दिदीबहिनी समूह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने चेतनशील बाल समूहले सान्त्वना स्थान प्राप्त गरेको थियो । 

कार्यक्रममा बोल्दै अतिथिहरुले तीजलाई तडकभडकका रुपमा भन्दा पनि सामाजिक सौहार्दता तथा बेथितिहरुको अन्त्यका लागि आ–आफ्नो क्षमता अनुसार मनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नगरक्षेत्रका स्थापित कलाकारहरुले आ–आफ्नो प्रतिभाहरु प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रस्तुत तीज गीतका केही झलकहरु : भिडियाेमा हेर्नुहोस् 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य