२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मलाको साइकलको रहस्य, प्रमाण मेट्ने प्रहरी के भन्छिन् ?

२०७५, २५ भाद्र सोमबार ०२:४६

भदौ २५, कंचनपुर | १० साउनमा नै घाँस–दाउरा गर्न गएकी स्थानीय एक महिला धना भण्डारीले दिउँसो ४ बजेतिर निर्मलाको साइकल देखेकी थिइन् ।

उनका अनुसार देउरानी जमुनासँगै उनी घाँस–दाउराका लागि त्यो क्षेत्रमा गएकी थिइन् । उनकी देउरानीका ६ वर्षे छोरा सन्दीप पनि पछि लागेर गएका थिए । उनी सन्दिपले करिब ४ देखि साढे ४ बजेतिर घटनास्थल नजिकैको नहरमा साइकल देखे । 

धना भण्डारीले नहरमा हेर्दा साइकल पानीमा डुबेको अवस्थामा थियो, त्यसैले रङ त थाहा भएन । एकापट्टिको हेन्डिलको कालो भाग र आधा डुबेको सिटको कालो भागसम्म उनले देखेकी थिइन् । उनका अनुसार कसैले थोत्रो भएर फालेको होला भनेर वास्ता धनाले साइकलको वास्ता गरिनन् ।

भोलिपल्ट निर्मला हराएको खबर सुनेर उनीहरू त्यस स्थानमा पुग्दा एकजना पाका उमेरका मानिसले साइकल बाहिर निकालेर पुछ्दै थिए । उनि साधुराम चौधरी थिए, जो एक स्थानीयको घरमा कामदार हुन् । चौधरीका अनुसार उनले पहिलोपल्ट साइकल देख्दा पछाडिको पांग्रा माथिपट्टि उठेको थियो । चौधरीले साइकल तानेर बाहिर ल्याएँका थिए । साइकलको एउटा ह्यान्डलमा एउटा चप्पल थियो । 

प्रमाण मेट्ने प्रहरी के भन्छिन ? 

यस घटनामा तत्कालीन एसपी डिल्लीराज विष्टको भूमिकालाई लिएर पीडित परिवार र स्थानीयले सुरुदेखि नै शंका गर्दै आएका छन् । तर, प्रहरीले छानबिनका क्रममा पहिले पनि यस्ता विषयलाई उठान गरेन साथै अहिले छानबीनमा रहेको नयाँ छानबिन टोलीले पनि विष्ट, घटनास्थल पुग्ने र अनुसन्धानमा संलग्न प्रहरी अधिकृत तथा कर्मचारीमाथि उचित छानबिन गरेको देखिँदैन । निर्मलाको सुरुवाल पखालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पीडित परिवार र स्थानीयको आक्रोश चुलियो ।

तर, सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी सावदले मानिसको भिड बढ्दै गएपछि आफूले सुरुवालले निर्मलाको यौनांग छोपिदिएको बताइन् । ‘कसैले अह्राएको होइन । तर, मानिसहरूको भिड बढ्दै गएपछि मैले सुरुवालले निर्मलाको गुतांग छोपिदिएकी हुँ । मलाई त्यसवेला केही हेक्कै भएन, सुरुवाल पखालेको पनि पछि भिडियो हेरेर थाहा पाएँ । मलाई कसैले त्यसो नगर भनेर पनि रोकेन ।’

राष्ट्रिय मानवअधिकार आयोगले पनि प्रहरीले घटनास्थलबाट प्रमाण संकलन गर्नेदेखि प्रभावकारी अनुसन्धान गर्नेलगायत कार्यमा सुरुदेखि नै गम्भीर त्रुटि गरेको औँल्याएको छ । 

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ