सास । भदौ २५, बर्दिया ।

बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्ने भएका छन् । 

कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २५, बर्दिया ।

बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्ने भएका छन् । 

कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

व्यावसायिक बन्दै बर्दियाली कलाकारहरु

२६ भाद्र २०७५, मंगलवार १८:०२

सास । भदौ २६, बर्दिया ।

बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्दै व्यवसायिक हुने भएका छन् । 

कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम सञ्चालन, बाद्यबादन जस्ता कार्यमा बोलाउने गरिएको छ । तर विडम्बना कलाहरु हेरेर मख्ख पर्नेहरुले अन्तिममा दिएको धन्यवाद पाएर लुत्रुक्क परेर फर्किनु पर्ने अवस्था आएको कारण बर्दियाली कलाकारहरुको पारिश्रमिक निर्धारण गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दिया शाखाका अध्यक्ष शम्भु मिलनले बताउनुभएको छ । वहाँले भन्नुभयो, ‘केन्द्रसँग समन्वय गरेर हामी यो काम छिट्टै गर्दैछौं ।’


दिनभर कुनै कार्यक्रममा गएर रङ्गमञ्चमा दुनियालाई पानी सम्म पनि नखाई मनोरञ्जन दिने कलाकार साँझ भोकै त फर्कियो फर्कियो तर पचास रुपियाँको कागजके खोस्टो लिएर घर फर्किने परिस्थिति आएकाले यसरी मूल्य तोक्नु परेको सप्तरङ्गी मञ्च बर्दियाका अध्यक्ष तथा प्रतिष्ठानका मध्यपश्चिम क्षेत्रीय वरिष्ठ उपाध्यक्ष गायक तथा नाटककार विष्णु थापाले बताउनुभयो ।  

बर्दियामा आयोजना गरिने मेला महोत्सवमा बाहिरबाट आउने कलाकारलाई चाहिँ डिमाण्ड अनि सम्झौता अनुसार टन्न पारिश्रमिक दिने तर मेफसलका करलाकारहरुलाई भने ‘युज एण्ड थ्रो’ गरिने भएकोले पनि यस्तो गर्न लागिएको लोक तथा आधुनिक गायक आर पी शर्मा लामिछानेले बताउनुभयो । वहाँले भन्नुभयो 'कलाकारलाई गहनाका रूपमा तब मान्न सकिन्छ, जब गहनाले चाडवाडलाई शरिरको झकिझकाउ बनेर देखिने सुन्दरताको मूल्य जस्तै गरि कलाकारको पनि इज्जत र उचित कदर मुल्याङ्कन, सम्मान नगरिएर कलाकारलाई आजभोलिका नक्कली पित्तलका गहना जस्तो गरिएको छ ।'

तीज पर्व लगत्तै पत्रकार सम्मेलन गरेर तय गरिएको मूल्य सार्वजनिक गरिने प्रतिष्ठानले जनाएको छ । 

कलाकार धन्यवाद र सम्मानका मात्रै भोका छैनन् सयौं प्रमाणपत्रहरु, सम्मानपत्रहरु घरमै नअटाएको अवस्था भएकाले अब सम्मान सहित उचित पारिश्रमिक हुनुपर्ने सूर्योदय साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवम् बर्दियाका पुराना कलाकार नरेन्द्र श्रेष्ठले बताउनुभयो । 

यसैगरी यसरी पारिश्रमिक तोक्दा स्तर, लगन अनि कलाकारहरुको कलाकारितामा विताएको समय तथा सिर्जनाहरुको साखका आधारमा विवादस्पदरहित तरिकाले गर्नुपर्ने सुझाब बर्दियाली संगीतकार, गायक तथा संगीत संयोजक रकेश वलीले बताउनुयो । 

ढिलै भएपनि राम्रो कामको थालनी भएकोमा यसमा आफ्नो पुरा समर्थन रहेको बर्दियाका अग्रज कलाकार एकराज पौडेलको भनाइ छ ।

यसैगरी गायक, सङ्गीतकार तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष प्रभात सुवेदीले पनि विशुद्ध कलाकारिता भनेर लाग्नेहरुको लागि यो कदमले केही भएपनि सकारात्मक सन्देश प्रवाह हुने र केन्द्रसँग पनि यसमा समन्वय गरेर निर्णय लिइने बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत