३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव कुटिए !

२७ भाद्र २०७५, बुधबार ०४:२५

भदौ २७, काठमाडौँ | मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन ।

लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए ।

गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए ।

स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले नेपाल समाचारपत्रलाई बताए ।

। ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए ।

- आजको नेपाल समाचारपत्रमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट