2026-10-17 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब हामी बिदेश नजाउन्जेल हाम्रो दैनिकी सरकारले टारीदिनु पर्यो…

मैले मलेशिया स्थीत सानोवारी कम्पनीमा सेक्युरिटीको लागि सामाखुसी टाउन प्लानिङ स्थीत एक म्यानपावर मा २०७४/११/१० गते पासपोर्ट बुझाएको थिएँ । तर सरकारले मलेसिया जान रोक्का गरिदिँदा समस्यामा छु । 

सरकारकै कारण भिषा आउन ढिला भएको मेनपावरले भन्दै आएको छ । गर्दा कामदारको हितका लागि भन्दै लगभग ४ महिना देखि सरकारले मलेसिया जान पुर्ण रुपमा बन्द गर्यो । यसले देशको कुल रेमिट्यान्सको ३५% हिस्सा ओगटेको मलेसियामा कामदार जान रोक लगाउनु सरकारले पनि ठुलो घाटा बेहोर्नुपरेको छ । यता अन्दाजी १५ हजारको भिसा आएर रोकिएको छ भने त्यो भन्दा धेरै संख्यामा पासपोर्ट बुझाएर भिषाको पर्खाइमा छन् । 

म जस्ता नेपाली युवाहरुको अवस्था बिहान खाए बेलुका के खाने भनेर गरिबीले किलकिले समाई रहेको छ । तर सरकारले भने दिन, हप्ता, महिना गर्दै ६ महिना या ३६५ दिन नै मलेसिया रोक्न लागिरहेको जस्तो छ । अब हामी बिदेश नजाउन्जेल हाम्रो दैनिकी सरकारले टारीदिनु पर्यो, होइन भने छिटो भन्दा छिटो मलेसिया खुलाउनु पर्यो । यस्तो फितलो कुटनीतिक पहल गरेर समृद्ध नेपालको सपना पूरा हुँदैन । नेपालमै हामीलाई रोजगारी दिन सकिन्छ भने पूर्वाधार निर्माण जरुरी छ, जुन भाषण जस्तो सजिलो छैन । अब प्रश्न :- मैले मलेसिया खुल्ला भएको कति दिन, महिना या वर्षमा सुन्न पाउछु ? कृपया सरकारी निकाय वा जिम्मेवार अधिकारीले चित्त बुझ्दो जवाफ दिन बिनम्र अनुरोध गर्दछु । धन्यवाद ।

– नारायण दाहाल 

पिडित 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु