२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरण – शंकास्पद देखिएका सबैको डिएनए परीक्षण हुने, शंकाको घेरामा एसपी

२०७५, २८ भाद्र बिहीबार ०२:११

भदौ २८, काठमाडौँ | निर्मला हत्याको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक डिएसपी कृष्ण ओझाले दिलीप बिष्ट निर्दोष ठहरिएपछि अनुसन्धानको दायरा साँघुरो भएको बताएका छन्।

उनले शंकास्पद व्यक्तिका डिएनए संकलन गरेर परीक्षण गरिने बताए । एसपी बिष्टको पनि डिएनए परीक्षण हुनुपर्ने स्थानीयको मागका सम्बन्धमा ओझाले भने, ‘ठूलोसानो जोसुकै भए पनि सबैको डिएनए परीक्षण गरिन्छ।’

दिलीप बिष्टको डिएनएले मेल नखाएपछि अब कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट शंकाको घेरामा तानिएका छन्। स्थानीयले एसपी बिष्टमाथि निर्मला हत्यापछि अनुसन्धान फितलो गरेको र प्रमाण नष्ट गराउन भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।

दिलीप निर्दोष साबित भइसकेपछि जनताको औंला त्यतिबेला जिल्लामा रहेका एसपी, डिएसपी र उच्च तहका प्रहरीतिरै सोझिएको स्थानीय सन्तोष भट्ट बताउँछन्। ‘अब प्रहरीका उच्च तहका अधिकारीकै डिएनए परीक्षण गराउनुपर्छ,’ उनले भने, ‘जनताको शंका प्रहरीतिरै भएकाले उनीहरूले डिएनए परीक्षण गराउँदा केही बिग्रंदैन।’ स्थानीय बासिन्दा र निर्मलाका आफन्तले एसपी डिल्ली बिष्टलगायतका जिम्मेवार प्रहरीमाथि नै शंका गरिरहेको उनले बताए।

स्थानीय नैनसिंह बुढा पनि दिलीप बिष्ट निर्दोष साबित भएपछि अब जनताको औंला प्रहरीतर्फ सोझिएको बताउँछन्।, यो खबर आजको नागरिकदैनिकमा छ । 

‘नक्कली पात्र’ खोज्नमै सक्रिय प्रहरी

निर्मलाको बलात्कार र हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली बिष्टको टोली सुरुदेखि नै निर्दोषलाई फसाएर दोषी करार गर्न सक्रिय रहेको पाइएको छ। निर्मलाको शव साउन ११ गते उखुबारीमा फेला परेपछि प्रहरीले कञ्चनपुरका दीपक नेगी र कैलाली मोहन्यालका जीवन घर्तीमगरलाई पक्राउ गरेको थियो।

स्रोतका अनुसार जीवन मानसिक सन्तुलन गुमेका व्यक्ति हुन् भने दीपक पनि गम्भीर प्रकृतिका रोगी हुन्। ‘प्रहरीले गाउँमा आएर गम्भीर प्रकृतिको रोग लागेका दीपकलाई समातेर घटना कबोल गर्न लगायो,’ स्रोतले भन्यो, ‘घटना मैले गरेको हुँ भन् भनेर प्रहरीले उनलाई बक्न लगायो।’ तर, दीपकले आफू घटनामा संलग्न नभको बताएपछि दुवैजनालाई मुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट