२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा अश्रुग्यास प्रहार

२०७५, २९ भाद्र शुक्रबार १८:०३

भदौ २९, इस्तानबुल (रासस/एएफपी) | टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ । 

मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डागानको महत्वकांक्षी योजनाका रुपमा रहेको सो विमानस्थलमा अर्को महिनादेखि व्यवसायिक सेवा सुरु गर्ने तयारी गरिएको छ । 

आउँदो अक्टोबरमा काम सम्पन्न गर्नेगरी अहिले सो विमानस्थलमा द्रूत गतिका काम भइरहेको छ । इस्तानबुलको ब्ल्याक सी क्षेत्रमा सो विमानस्थल अहिले निर्माणाधिन अवस्थामा रहेको छ । 

अहिले झण्डै ३५ हजार मजदूरहरुले काम गरिरहेको बताइएको छ । कामको सिलसिलामा ठूलो सङ्ख्यामा मजदूरहरुको मृत्यु भएको पनि समाचारमा जनाइएको छ । 

कामको अवस्थालाई लिएर हजारौँ मजदूरहरूले विरोध प्रदर्शन गरेपछि अश्रुग्यास प्रहार गरिएको निजी क्षेत्रको समाचार संस्था डीएचएले जनाएको छ । 

यस नयाँ विमानस्थलबाट प्रतिबर्ष करिब नौ करोड हवाइ यात्रुले सेवा पाउने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । सन् २०२३ देखि भने त्यो संख्या बढेर १३ करोड पुग्ने अनुमान गरिएको छ । 

उहाँले राष्ट्रपतीय निर्वाचनको केही दिन अगाडी गत जुनमा यस योजनाको प्रचार प्रसारका लागि आफ्नो विमान अवतरण गराउनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा