यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ''फ्रि भिषा फ्री टिकट"को अबधारणा कार्यान्वयन"/>

2026-10-16 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेसँग ४ लाखसम्म उठाइएको छ, भित्र-भित्रै मिलेमतो पो छकी ?

संघर्ष बेघा लिम्बु |

बैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको लागि नेपाल सरकारले “फ्रि भिसा, फ्री टिकटक”को अबधारणा ल्याएकै हो, तर पनि अबधारणा कार्यान्वयन चाँही हुन सकेन किन ?

यस बारेमा मलाइ लाग्छ, यो नेपाल सरकारको कमिकमजोरीको कारण ”फ्रि भिषा फ्री टिकट”को अबधारणा कार्यान्वयन हुन नसकेको हो । यसमा बिषेश गरी परराष्ट्र मन्त्रालय, रोजगार तथा श्रम मन्त्रालयले के गरिरहेको छ, के हेरिरहेको छ ? नाम मात्रैको “फ्रि भिषा फ्रि टिकट” तर एक जना बराबर म्यानपावर ब्यबसायीहरूले अरब जानेको लागि ८० हजार देखी ४ लाखसम्म लिइरहेका छन् तर पनि नेपाल सरकारले ति म्यानपावर ब्यबसायीहरूलाई कारबाही गर्न सकेको छैन । मलाई लाग्छ, यसमा नेपाल सरकारको मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयको भित्र-भित्रै गोप्य रूपमा मिलेमतो पो छकी ?

यदि नेपाल सरकारका मन्त्रिहरू, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयका बिशिष्ट ब्यक्तित्वहरू इमानदार, बफादार, कर्तब्यनिष्ठ भएर देश र आम नेपाली जनताको निम्ती सत्य सेवा गर्न चाहन्छन् भने तुरून्तै ती बैदेशिक रोजगार मेनपावर ब्यबसायीहरु र तिनका दलालहरूलाई कानुनी कारबाही गर्नुपर्छ ! किनकी ति बैदेशिक रोजगार म्यानपावर ब्यबसायीहरूले “फ्रि भिषा फ्रि टिकट”को नाममा सोझासिधा बेरोजगार युबाहरूबाट मोटो रकम असुलीरहेका छन् ।

मेरो प्रश्न: सरकार, १० हजारमै विदेश पठाउने म्यानपावर पनि छ र ? होइन भने सरकारले १०,००० मै बैदेशिक रोजगारीमा पठाउने १४०० म्यानपावर मध्ये १० वटाको मात्र पनि नाम सार्वजनिक गर्न सक्छ भने यो देशमा सरकार छ भन्ने सम्झने थिएँ ! 

(तपाइको पनि यस्तै बिषयमा केहि गुनासो छ भने नेपालीमा लेखेर [email protected] मा इमेल गर्नुहोला |)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु