पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ३१, बझाङ | छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ ।

आजको कान्तिपुरको पृष्ठ १३ मा छापिएको समाचारअनुसार, गाली गरेको निहुँमा उनको हत्या गरिएको हो ।

सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् ।

तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

'छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ', तिलकले भने, 'त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।'

तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् ।