पढ्न करिब 2 मिनेट लाग्छ

असोज २, काठमाडौँ | निर्मला पन्त हत्या भएको ५३ दिनसम्म प्रहरीले अनुसन्धान गर्दा अपराधीबारे सुइँकोसमेत पाउन सकेको छैन ।

निर्मलाको बलात्कार र हत्या शव फेला परेको ठाउँमै भएको हो वा अन्य कुनै स्थानमा भएको हो भन्नेमा समेत प्रहरी अनुसन्धानले निर्क्यौल निकाल्न सकेको छैन। बलात्कार र हत्यामा कति जना संलग्न थिए भन्नेमा प्रहरी अनभिज्ञ छ ।

निर्मला पन्त घटनाको छानविन गरिसकेको उच्च्सतरीय छानविन समिति निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन ।

अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपुर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निर्क्यौल छानविन समितिको छ ।

हत्या गर्ने मान्छेले प्रमाण नष्ट पार्न खोजेको छ, बाँकी रहेका प्रमाण प्रहरीले नष्ट गरेको छ, उच्चस्तरीय छानविन समितिका संयोजक हरिप्रसाद मैनालीले भने, प्रहरीले दोषी बचाउन नियतवश प्रमाण नष्ट गरेको हो कि भुलवश भन्नेमा हामी निष्कर्षमा पुग्न सकेका छैनौँ, । अब बनेको अनुसन्धान समितिले त्यो कुरा पत्ता लगाउने उनको भनाई छ ।

घटनास्थलमा फिंगर प्रिन्ट, रौँ, रगत र विर्यलगायतको कुनै पनि प्रमाण संलग्न भएको छैन ।

प्रहरीले नियतवश सबै प्रमाण नष्ट गरेको भएमा भेजिनल स्वाबको नमुना पनि विश्वसनीय नहुनेमा छानविन समितिभित्रै सदस्यले आवाज उठाएका छन् ।

त्यतिबेला अनुसन्धानमा खटिएका प्रहरी टोलीले सबै प्रमाण नष्ट गरेकाले डिएनएका लागि संकलन गरिएको भनिएको भेजिएनल स्वाबको नमुनामा विश्वास गर्ने ठाउँ छैन, एक सदस्यले भने, त्यो नमुना कसरी र कहाँबाट ल्याइयो भन्ने थाहा छैन । छ ईन्च पानी जमेको ठाउँमा टोप्टो पारेर शव फालिएको थियो ।

त्यो शवको भेजिनामा पानी पसेर स्पर्म पदालिएन भनेर कसरी विश्वास गर्ने उनले भने । धेरै कुरा जेलिएकाले निर्मलाको हत्या शक्तिशाली व्यक्तिले गरेर योजनाबद्ध ढंगले सबै प्रमाण नष्ट गरेको उनले बताए ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।