२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राउटे मुखियाको आग्रह ‘वनमा शिकार पाइन्न चामल पठाइ दिनु’

३ आश्विन २०७५, बुधबार १६:५८

असोज ३, सुर्खेत | आफूलाई जंगलको राजा बताउन रुचाउने फिरन्ते जाती राउटेले संविधान दिवसमा उत्साहित बनेर सहभागी भए । स्थानीय मंगलगढी चौकबाट शुरु भएको ¥यालीमा प्रमुख आकर्षक राउटे नै बने । आफ्नो पहिरनमै सांस्कृतिक कार्यक्रमसहित ब्यानर लिएर प्रभात फेरीमा मादल बजाउँदै वीरेन्द्रनगरको खुला मञ्चसम्म पुगे । यति मात्रै हैन् संविधान दिवसमा आयोजित विशेष समारोह स्थल खुलामञ्चमै आफ्नो नाच समेत प्रर्दशन गरे ।

अन्य नागरिकहरुसंग घुलमिल हुन नचाहने यो जाती पछिल्ला वर्ष विस्तारै मानव बस्तीसंग नजिकन थालेको छ । देशमा नयाँ संविधान लागु भएको बारे जानकार रहेको र संविधानमा राउटे जस्ता लोपन्मुख जातीहरुलाई राज्यले गास, बास र कपासको व्यवस्था सरकारले गरिदेलाकी भनेर वीरेन्द्रनगर आएको राउटे मुखिया वीरबहादुर शाहीले बताए । ‘सरकार ठूला मान्छेसंगै संविधान दिवस मनाउन पाउँदा खुसी लागेको छ’ मुखिया शाहीले भने, ‘आज सवै जन्ता खुसी छन् । हामी जंगलमा बस्न्या राउटे जाती पनि खुसी भएरै दिवस मनाउन आयाँ हौं ।’


गुराँस गाउँपालिका–८ झ्याजेमा बस्ती सरेको राउटे जाती दक्षिण एशियाकै लोपोन्मुख जाति हो । ‘हामी जनतासंग नजिक हुन चाहन्छौं । तर हाम्रो रहन सहन र परम्परा अनुसार नै जंगलमै रमाउन दिन सरकारलाई आग्रह गर्दछौं’ मुखिया शाहीले भने । जंगलमा गुना र बादरको संख्या घट्दो क्रममा रहेकाले आफ्ना जनता भोकै रहेको भन्दै मुखिया शाहीले सरकारलाई खानाको उचित व्यवस्था गर्दिन माग गरे । ‘जनताले बनाएका काठ भाडा विक्री हुँदैनन् । खानाका लागि जंगलमा शिकार पनि पाउँदैन’ मुखिया शाहीले थपे, ‘सरकारले हामीलाई खानाको र जंगलमै सुरक्षित रुपमा बस्ने वातावरण मिलाइ दिहोस् ।’ संविधान दिवसमा राउटेहरुलाई सहभागी भने गुराँस गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र सोसेक दैलेखले गराएका हो । वीरेन्द्रनगरको खुलामञ्चमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको संविधान दिवसमा विभिन्न जाति र समुदायहरुले संस्कृती झल्कने झाँकीहरु प्रर्दशन गरेका थिए । दिवसमै प्रदेश प्राप्तीमा शहिद भएका आफ्नलाई सम्मान र दिवसको पूर्व सन्ध्यामा आयोजना गरिएका विभिन्न प्रतियोगितामा विजयीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख दर्गाकेशर खनाल, कर्णाली प्रदेशका कार्यवहाक मुख्यमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, प्रदेश संसदका सभामुख पुष्पा घर्ती, प्रदेश सा‌ंसद लगायतको उपस्थिती थियो ।

रगतले लेखिएको संविधान कार्यान्वयमा प्रतिवद्ध छौंः भण्डारी

यता, संविधान दिवसको अवरसमा बोल्दै कर्णाली प्रदेशका कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जनताको रगतले लेखिएको संविधान कार्यान्वयमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । संविधानले धेरै मौलिक अधिकार नागरिकलाई दिएको बताएका उनले जनताको त्याग र तपस्याबाट प्राप्त संविधानमा लिपिवद्ध अधिकारहरुलाई जनतालाई अनुभत गराउनमा कटिवद्ध रहेको उल्लेख गरे ।

दिवस मनाइरहँदा सिन्दुर पुछिएका आमाहरू, टुहुरा बालबालिका, गरीब, विपन्नले संविधानसँग नै प्रश्न गरिरहेका भताएका कानून मन्त्री भण्डारीले ती प्रश्नको जवाफ मौलिक हक हो, तर कार्यान्वयन पूर्ण रुपमा गर्ने जिम्मेवारी हामी माथी रहेको बताए । ‘यो संविधान बनाउन हजारौं शहीदले बलिदान दिएका छन्,’ उनले भने, ‘ती हजारौं शहीदको सम्मान गर्न संविधान कार्यान्वयन आवश्यक छ र प्रदेश सरकार त्यसमा प्रतिबद्व छ ।’ ‘जनताको अधिकारका लागि १० वर्षे युद्ध भयो, त्यसमा मृतको बलिदानीको फल हामीले पाएको छौं, घाइतेले अहिले बैशाखीको भरमा जीवन गुजारिरहेका छन्,’ मन्त्री भण्डारीले भने, ‘ती बैशाखीको भरमा बाँचेकाहरूले पनि अहिले संविधानसँग प्रश्न गरेका छन् तर जवाफ पुग्न सकेको छैन ।’ 


‘संविधानले हामी सबैलाई धेरै अधिकार दिएको छ,’ मन्त्री भण्डारीले भने, ‘अधिकार संविधानमा दिएर मात्रै नहुने भएका कारण संविधानको सफल कार्यान्वयन हुन आवश्यक छ ।’ उनले संविधानलाई कार्यान्वयन गर्न सकेको खण्डमा नेपाल साँच्चिकै समृद्ध देश बन्ने बताए । उनले विगतको शासन व्यवस्थालाई फालेर जनताको चाहना बमोजिमको संविधान बनाउन धेरैले शहादत प्राप्त गरेका बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता