2026-07-25 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं–तिहारमा ‘प्रदेशी रुवाउँछ’ सार्वजनिक

दीपा चौधरी | असोज ३, काठमाडौं । आउँदै गरेको दशैं–तिहारमा अधारित एक गीतको भिडियो सार्वजनिक भएको छ ।  सुवाश केसीको ‘प्रदेशी रुवाउँछ’ बोलको लोकदोहोरी गीत को भिडियो बुधबार सार्वजनिक गरिएको हो । 

काठमाडौँको अनामनागरस्थित संवाद डबलीमा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोकदोहोरी प्रतिस्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले गीतको भिडियो सार्वजनिक गर्दैै गीतले प्रदेशीको पीडालाई व्यक्त गरेको बताए । उनले यस्ता सन्देशमूलक गीत निरन्तर पस्किनु पर्ने बताए । 

त्यसैगरी राप्ती समाज नेपालका अध्यक्ष शशी शर्मा मच्गैयाले आउँदै गरेको देशैं–तिहारको सन्र्दभमा प्रदेशीको पीडालाई समेटेर गिती भिडियो तयार भएकोमा खुशी व्यक्त गर्दै शुभकामना दिए । 

लोकदोहोरी प्रतिस्ठानका महासचिव समेत रहेका केसीले कार्यक्रममा गीत काल्पनिक कथा नभएर आफरुले विदेशमा भोगेको भोगाईलाई गीतमा उतारेको बताए । “यो गीत कुनै कल्पनिक कथा होइन, म आफूले विदेशमा भोगेको वास्तविक भोगई हो” केसीले भने । 

गीतमा गायीका प्रिती आले र विजय बिरोनो अधिकारीले स्वर दिएका छन् । 

वैदेशिक रोजगारको शिलशिलामा विदेशी भूमिमा नेपालीहरु जीवन भोगाईहरु समेटिएको गीतमा लोकप्रिय मोडल दीपाशा बिसी र महासचिव सुवास केसीको फिचरिङ्ग रहेको छ ।

बिमोचन कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रामजी खाड, पत्रकारहरु गोबिन्द गिरी, राजु बोहरा, धनराज वास्तविक, महेश भण्डारी, प्रकाश बराईली ‘अभिब्यक्ती’, उमा केशी,  नवराज भन्डारी, भोला अधिकारी, सम्पती लामा, केशर बिश्वकर्मा, पुजा पौडेल, करुणा थापा, तुलशा कार्कीलगायत पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रम गीतका गायक बिजय बिरानो अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राजेश बर्देवाले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल