१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाको कर्णाली इन्चार्जमा शर्मा, शर्माले जिम्मेवारीमा नरहने भन्दै फेसबुकमा यस्तो लेखे

५ आश्विन २०७५, शुक्रबार १६:२७

असिज ५, सुर्खेत | नेपाल कम्युनिस्ट पार्टीले प्रदेश संगठन कमिटीको नेतृत्व गठन गरेको छ । नेकपाको शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिवको नाममा टुंगो लगाएको हो । 

कर्णाली प्रदेशको जिम्मेवारीमा इन्चार्जमा जनार्दन शर्मा ‘प्रभाकार’ सह–इन्चार्जमा यामलाल कँडेलले पाएका छन् । यस्तै, बैठकले प्रदेशको अध्यक्षमा गोरख बोगटी र सचिवमा मायाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।यी चारजनाले प्रदेश कमिटीलाई पूर्णता दिने र तल्ला कमिटीको एकतालाई पूर्णता दिने जिम्मेवारी पाएको नेकपाका सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए । 

तत्कालिन दुई राजनीतिक दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकता भएर नेकपा गठन भएको हो । यो दल अहिले तल्ला कमिटी र भातृ संगठनको एकताको चरणमा रहेको छ । 

सचिव शर्माको असन्तुष्टी 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार कर्णाली प्रदेशमा जिम्मेवारी टुंगाए पनि मायाप्रसाद शर्माले आफू जिम्मेवारीमा नरहने बताएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ‘नेकपा सचिवालयले नियुक्त गरेको भनिएको कर्णाली प्रदेशको सचिव पदमा नरहने जानकारी गराँछु ।’ 

शर्माले पोष्ट गरेको कमेन्टमा उनका शुभचिन्तक तथा कार्यकर्ताले उचित मुल्याङ्कन नगरेकोमा पार्टीको आलोचना समेत गरिरहेका छन् । पार्टीको स्थायी समिति सदस्य भइसकेको व्यक्तिलाई प्रदेशको सचिव बनाएपछि उनमा असुन्तिष्टी भएको हुन सक्ने नेकपाका एक नेताले जानकारी दिए । ठूलो पार्टीमा यस्ता असन्तुष्टि हुनु स्वभाविकै भएको भन्दै यो समस्या पनि समाधान हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन