2026-09-20 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुद्वारा छोरी बलात्कृत: गर्भपतन गराउन पेटमा पानी भरिएको भन्दै अस्पताल लगे

असोज ८, काठमाडौँ | सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी नगरपालिका–११ मा गोदावरी (ए) बहादुरले ११ वर्षकी छोरी चापागाउँ (ग) कुमारीलाई जबरजस्ती करणी गरी गर्भपतन गराएपछि घटना बाहिरिएको छ ।

अनुसन्धानपछि यो घटना सत्य सावित भएसँगै जिल्ला अदालतले बलात्कारी बाबुलाई २६ वर्ष कैद सजाय सुनायो । न्यायाधीश अवनी मैनालीको एकल इजलासले अन्तिम आदेश जारी गर्दै गएको सोमबार यस्तो फैसाला सुनाएको हो ।

उनले आफ्नी छोरीलाई गएको चैत १५ गते बेलुकी साढे ९ बजेदेखि २०७५ साउन १० गतेसम्म पटकपटक गर्भ निरोधको कुनै साधन प्रयोग नगरी करणी गरेका थिए ।

बलात्कृत छोरीले आफूलाई डरत्रास देखाई ज्यानै मार्नेसम्मको धम्की दिई जबरजस्ती करणी गरेको अदालतमा बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकृत रमेश भट्टराईले बताउनुभयो ।

आफूलाई जबरजस्ती करणी गरेको र केही दिनपछि पेट बढेको तथा महिनावारी नभएको कुरा बुबालाई सुनाएको बयानका क्रममा अदालतमा दिएको बयान सम्झँदै सूचना अधिकृत भट्टराईले भन्नुभयो ।

बुबाले गर्भवती छ/छैन भनी पिसाब जचाउन लगेको, पिसाब जाँचपछि आफ्नो छोरी आफैँबाट गर्भवती भएको उनले थाहा पाए । उनी गर्भवती रहेको कुरा थाहा पाएपछि बच्नका लागि अनौठो योजना उनले बनाए । ‘उनले तिम्रो पेटमा पानी भरिएकाले पेट ठूलो भएको रहेछ तिमीलाई अस्पताल लगी जँचाउनुपर्दछ’ भने ।

– यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो