पढ्न करिब 1 मिनेट लाग्छ

असोज ९, काठमाडौँ | अमेरिकी सरकाले अब फड स्ट्याम्प मेडिकेड 'स्वास्थ्य' सरकारी आवास (हाउजिङ) लगायतका सुविधा लिने आप्रवासीलाई ग्रिनकार्ड नदिन सक्ने नियम सार्वजनिक गरेको छ ।

शनिबार प्रस्ताव गरिएको सो नियम अनुसार, फुड स्ट्याम्प, मेडिकेड र हाउजिङ सुविधा लिने र लिने सम्भावना भएकाहरुलाई पनि ग्रिनकार्ड वा भिसा नदिन सक्ने जनाएको छ ।

करिब २० वर्ष पुरानो नियमलाई परिवर्तन गर्दै ट्रम्प प्रशासनले यो नयाँ नियमको घोषणा गरेको हो।

नयाँ नियमबाट स्वास्थ्य, खाद्य वा सरकारी आवस सुवधा लिनेहरुलाई समेत ग्रिनकार्ड लिनबाट वञ्चित गराउन सक्ने भन्ने छ।

अमेरिकी सरकाका लागि यस्ता मानिस भार भएको कारण देखाउँदै यो नियम लागू गर्न खोजिएको छ । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टिन नेल्सनले यो नयाँ नियममा हस्ताक्षर गरेकी छन्।

- यो खबर आजको गोरखापत्र दैनिकमा छ ।