२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बालिका हत्याको अभियोगमा एक पक्राउ

२०७५, १० आश्विन बुधबार ०८:५६

असोज १०, पोखरा | पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । 

पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिनुभयो । 

पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उहाँले बताउनुभयो । 

सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो । 

बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी