2026-09-15 04:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बत: ग्रामीण सडक मर्मत शुरु

असोज ११, कुश्मा | चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । 

दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने गरी मर्मतको काम थालिएको स्थानीय तहले जनाएका छन् । 

कुश्मा नगरपालिकाले नगरभित्रका कुश्मा–दुर्लुङ, सिल्मी–ठूलीपोखरी र पकुवा–आर्थरलगायतका सडक मर्मत शुरु गरेको छ । यस्तै दोबिल्ला–फलेवास मार्गको सिल्मीमा भत्किएको सडकको मर्मतको काम पनि शुरु भएको छ । नगरभित्र दशैँअघि नै सबै सडकमा गाडी चल्न सक्ने गरी मर्मत गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । 

फलेवास नगरपालिकाले गत वर्ष मापदण्ड बनाएर सडक विस्तार शुरु गरेको थियो । ती अधिकांंश सडक पहिरो खसेर अवरुद्ध भएका थिए । साइकलचोक–शङ्करपोखरी, तातोपानी–शङ्करपोखरी र खानीगाउँ–कार्कीनेटालगायतका सडक मर्मत शुरु गरिएको हो । 

नगरप्रमुख पदमपाणि शर्माका अनुसार मापदण्ड नपुगेका सडक हिउँदमा विस्तार गरिएको थियो । वर्षामा भेलले पुरिएपछि केही समय ती सडकमा आवागमन अवरुद्ध थियो । पर्वतकै जलजला र मोदी गाउँपालिकाले पनि बिग्रिएका सडक मर्मत शुरु हुने जनाएका छन् । 

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार मुख्य सडक मर्मत गरेर एक महिनाभित्रै यात्रा सहज बनाइनेछ । बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको मल्लले बताउनुभयो । मोदीका अध्यक्ष प्रेम पौडेलका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडक मर्मत गर्न सम्बन्धित वडालाई निर्देशन दिइएको छ । 

महाशीला गाउँपालिकाले पनि अघिल्लो वर्ष मापदण्ड बनाएर सडक ८ देखि १५ मिटरसम्म चौडा बनाएको थियो । फराकिला पारिएका कच्ची सडक वर्षाको बाढीले क्षति पु¥याएको छ । क्षतिग्रस्त सडक मर्मत गरी दशैँमा गाउँ फर्कने सर्वसाधारणलाई सहज बनाउन कार्यपालिकाले निर्णय गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । 

बिहादी गाउँपालिकाले पनि सडक मर्मत थालिसकेको छ । अध्यक्ष कमल भुसालले धेरै सडक भएकाले तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । पैयूँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ