२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्बत: ग्रामीण सडक मर्मत शुरु

११ आश्विन २०७५, बिहीबार ०३:१८

असोज ११, कुश्मा | चाडबाडलाई ध्यान दिएर वर्षाले भत्काएका पर्वतका ग्रामीण सडकको मर्मत शुरु भएको छ । असारको पहिलो सातादेखि बाढीपहिरोले सवारी आवागमन नै नहुनेगरी जीर्ण भएका सडक स्थानीय तहले मर्मत थालेका हुन् । 

दशैँलाई लक्षित गर्दै आवागमन सहज बनाउन मर्मतको योजना अघि बढाइएको जनप्रतनिधिले बताएका छन् । गाउँ र नगर कार्यसमितिबाट बजेट विनियोजन गरेरै ग्रामीण सडकका खाल्डाखुल्डी पुर्ने, ग्राभेल गर्ने, भत्किएका ग्याभिन जाली लगाउने र सोलिङ गर्ने गरी मर्मतको काम थालिएको स्थानीय तहले जनाएका छन् । 

कुश्मा नगरपालिकाले नगरभित्रका कुश्मा–दुर्लुङ, सिल्मी–ठूलीपोखरी र पकुवा–आर्थरलगायतका सडक मर्मत शुरु गरेको छ । यस्तै दोबिल्ला–फलेवास मार्गको सिल्मीमा भत्किएको सडकको मर्मतको काम पनि शुरु भएको छ । नगरभित्र दशैँअघि नै सबै सडकमा गाडी चल्न सक्ने गरी मर्मत गरिने नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । 

फलेवास नगरपालिकाले गत वर्ष मापदण्ड बनाएर सडक विस्तार शुरु गरेको थियो । ती अधिकांंश सडक पहिरो खसेर अवरुद्ध भएका थिए । साइकलचोक–शङ्करपोखरी, तातोपानी–शङ्करपोखरी र खानीगाउँ–कार्कीनेटालगायतका सडक मर्मत शुरु गरिएको हो । 

नगरप्रमुख पदमपाणि शर्माका अनुसार मापदण्ड नपुगेका सडक हिउँदमा विस्तार गरिएको थियो । वर्षामा भेलले पुरिएपछि केही समय ती सडकमा आवागमन अवरुद्ध थियो । पर्वतकै जलजला र मोदी गाउँपालिकाले पनि बिग्रिएका सडक मर्मत शुरु हुने जनाएका छन् । 

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार मुख्य सडक मर्मत गरेर एक महिनाभित्रै यात्रा सहज बनाइनेछ । बाढीले खोलेका स्थानमा सोलिङ गरी भत्किएका सडकमा पहिरो पन्छाउन बजेट विनियोजन गरिएको मल्लले बताउनुभयो । मोदीका अध्यक्ष प्रेम पौडेलका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडक मर्मत गर्न सम्बन्धित वडालाई निर्देशन दिइएको छ । 

महाशीला गाउँपालिकाले पनि अघिल्लो वर्ष मापदण्ड बनाएर सडक ८ देखि १५ मिटरसम्म चौडा बनाएको थियो । फराकिला पारिएका कच्ची सडक वर्षाको बाढीले क्षति पु¥याएको छ । क्षतिग्रस्त सडक मर्मत गरी दशैँमा गाउँ फर्कने सर्वसाधारणलाई सहज बनाउन कार्यपालिकाले निर्णय गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । 

बिहादी गाउँपालिकाले पनि सडक मर्मत थालिसकेको छ । अध्यक्ष कमल भुसालले धेरै सडक भएकाले तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । पैयूँका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार गाउँपालिकाका सबै वडामा पुग्ने मुख्य सडकलाई प्राथमिकतामा राखेर मर्मत शुरु गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ