२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड-ओलीमाथि नेता नेपालको अविश्वास, गरे छुट्टै भेला

१३ आश्विन २०७५, शनिबार ०१:२१

असोज १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद सांगठानिक एकता प्रक्रिया टुंगो नलाग्दै उत्कर्षमा पुगेको छ ।

आन्तरिक विवादको कारण सांगठनानिक एकता प्रक्रिया लम्बिएको बेला नेतृत्वको विवाद सतहमा आएको हो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टै भेला गर्नुभएको छ ।

सात प्रदेश नेतृत्व चयनमा सहभागिता नगराइएको, पार्टीको सांगठानिक एकता प्रक्रियामा अध्यक्षद्वयले अधिकार आफ्नो हातमा लिएर निर्णय गरेको अध्यक्षद्वय विदेश जाँदा पनि कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिएकोप्रति नेता नेपाल पक्ष असन्तुष्ट रहँदै आउनुभएको छ । सांगठानिक एकीकरणबाट सुरु भएको विवाद छुट्टै भेला बोलाउने अवस्था सृजना भएको छ ।

भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउनुपर्ने माग गर्नुभयो ।

स्थायी कमिटी सदस्यहरुलाई चाँडोभन्दा चाँडो स्थायी कमिटीको बैठक बोलाउन दबाब दिन आग्रह गर्दै उहाँले अध्यक्षद्वयले एकलौटी निर्णय गरेर अगाडि बढ्नु गलत भएको भन्दै असन्तुष्टि जनाउनुभएको थियो ।

वरिष्ठ नेता नेपालको भनाइ उदृत गर्दै नेपाल निकट एक नेताले भने– ‘पार्टी विधि र पद्दतीमा चल्नुपर्छ, सामुहिक निर्णय गरेर अगाडिढ बढनुपर्छ, पार्टीमा छलफल नगरेर अध्यक्षद्वयले मात्र अधिकार केन्द्रीत गर्न खोल्नु ठिक तरिका भएन, पार्टीमा अध्यक्षद्धयले मन लाग्दै गर्ने निर्णय टुलुटुल हेरेर बस्न सकिँदैन ।’ 

- आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता