Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दसैंका लागि राजधानी छाड्ने क्रम सुरु, एक सातामै पाँच लाख ६० हजार बाहिरिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १४, काठमाडौँ | दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ । प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ ।

नियमित आवागमनको तुलनामा दैनिक बाहिरिनेको संख्या १० देखि १५ हजारले बढी छ । महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता प्रहरी निरीक्षक जितेश दाहालका अनुसार र्साजनिक यातायातमा टिकट बुकिङ भएपछि उपत्यका छोड्नेको संख्या बढेको देखिन्छ ।

महाशाखाले यसवर्ष चाडपर्व मनाउन २० देखि ३० लाखको हाराहारीमा सर्वसाधरणले उपत्यका छोड्ने अनुमान गरेको छ। महाशाखाका सहप्रवक्ता दाहालका अनुसार दसैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट ४० हजारभन्दा बढी सर्वसाधरणले टिकट बकिङ गरेका छन्।

- यो खबर आजको कारोवार दैनिकमा छ ।