2026-09-15 03:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वत र बाग्लुङ जोड्ने नेपालकै लामो ५६७ मिटरको पुल बन्दै

असोज १४, पर्वत | अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । 

पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गदेखि बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्न कालीगण्डकी नदीमाथि नेपालकै लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएपछि निर्माण प्रक्रिया शुरु भएको हो । बागलुङ नगरपालिका–१, रामरेखास्थित शहीद पार्कदेखि पर्वतको पाङ्गको अदुवाबारी जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणका लागि प्राविधिक हिसाबले सम्भव देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । 

पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको प्राविधिक टोलीले शुक्रबार गरेको नाप जाँचका क्रममा पुल निर्माण प्राविधिक दृष्टिले सम्पन्न गर्न सकिने इञ्जिनियर हुमानाथ मिश्रले जानकारी दिनुभयो । 

विसं २०५९ देखि पुल निर्माणका लागि विभिन्न चरणमा छलफल, बहस र नाप जाँच भए पनि लट्ठा तान्ने प्रविधि नेपालमा नभएका कारण काम अघि बढ्न सकेको थिएन । कुश्मा र बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि पुल निर्माणका लागि केन्द्रीय तहमा पहल भएको थियो । पुल निर्माणका लागि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद पदम गिरीको पनि विशेष पहलमा प्राविधिक टोलीले पुल निर्माणको सम्भाव्यता अध्ययन गरेको हो । 

चाइनिज प्रविधिको लट्ठा तान्ने मेसिन भित्रिएपछि शहीद पार्कदेखि आदुवाबारीसम्म पुल निर्माण गर्न सकिने इञ्जिनियर मिश्रले जानकारी दिनुभयो । 

विस्तृत सर्वेक्षणबाट पुलको लम्बाइ करीब ५६७ मिटर हुनेछ भने उचाइ १६० मिटर हुने भएको छ । यो अहिलेसम्म पर्वतका निर्माण भएका चारवटै पुलभन्दा पनि अग्लो हुने भएको छ । कालीगण्डकी नदीमाथि निर्माण हुने उक्त पुललाई बागलुङ बजारको व्यावसायिक भविष्यसँग जोडेर हेर्ने गरिएको छ । पुल निर्माण भएपछि कुश्मा नगरपालिका–१ पाङ्ग, २ खुर्कोट, जलजला गाउँपालिका–९ बनौ र ८ नाङलिवाङका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । यि क्षेत्रका बासिन्दाको आर्थिक तथा व्यावसायिक कारोबार बढी मात्रामा बागलुङ बजारमै हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ