३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोहिसँग पैसा उठाउनु छ भने होसियार !

१४ आश्विन २०७५, आईतवार ०२:३४

असोज १४, ओखलढुंगा | कोहीसँग पैसा उठाउनु छ ? छ भने होसियार बन्नुस् । 

आफ्ना आसामीलाई जर्बजस्ती पैसा नमाग्नुस । यदि आसामीले तनावमाा आएर आत्महत्या गर्यो भने तपाईमाथि मुद्धा लाग्न सक्छ । 

यहाँ यस्तै किसिमको घटना भयो । 

पैसा उठाउनु आएका एक कम्पनीका ३ कर्मचारीलाई दुराशय राखी कर्तव्य ज्यान गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । 

सिद्धिचरण नगरपालिका ४ का रामकुमार भुजेल काठमाडौंको समाखुसीस्थित एक हार्डवेयर कम्पनीले काम गर्थे ।

उनले कम्पनीमा कम गर्दा लाखौँ रकम हिनामिना गरेको अरोप लाग्यो । 

रामकुमार काम छोडेर विस्तारै कम्पनीबाट टाढिए । 

कम्पनीले उनलाई खोजी गर्यो । त्यही क्रममा सामाखुसी प्रहरीमा निवेदन समेत पर्यो । 

उनले आज दिन्छु, भोली दिन्छु भन्दै झुक्याउन थाले, कम्पनीले उनलाई पक्राउ गर्ने कोसिस गर्यो । 

यसैबीच उनी ओखलढुंगा आईपुगेको जनकारी पाए । 

कम्पनी प्रतिनिधिका रुपमा पुरुषोत्तम न्यौपाने, कृष्णप्रसाद भण्डारी र संस्कार शेरचन उनलाई लिन ओखलढुंगा आईपुगे ।

रामकुमार त्यतिखेर रुम्जाटारस्थित आफ्नो दिदी विन्दास भुजेलको डेरामा पुगे । 

कम्पनी प्रतिनिधि त्यहि पुगे । उनीहरुले रामकुमारलाई काठमाडौं लाने र बाँकी लेनदेन हिसाब उतै गर्ने भनेर बोलेरो जिपमा चढाए ।

डेराबाट गाडी चढ्नुअघि उनी एकैछिन् है भन्दै कोठामा पसेका थिए । 

गाडी चढेर केहि मिनेटको दुरी सानीटार पुग्नेवित्तिकै उनले बान्ता गर्न थाले । 

उनको अवस्था चिन्ताजनक भयो । 

गाडी फर्काएर उनलाई रुम्जाटार अस्पताल पुर्याईयो अस्पताल पुर्याईएको केहि मिनेटमै अस्पतालले मृत घोषित गर्यो । 

- आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता