२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापानमा शक्तिशाली आँधी: ५० घाइते, जनजीवन प्रभावित

२०७५, १४ आश्विन आईतवार ०९:२७

असोज १४, जापान | जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । 

‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा) लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ । 

आइतबार साँझदेखि टोकियो सहित त्यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिने अनुमान गरिएको छ । आइतबार बेलुका टोकियोको पनि रेलसेवा बन्द गरिने भएको छ । 

स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो । शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ । 

आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । अहिलेसम्म कसैको मृत्युको खबर नआएको अधिकारीहरुले बताएका छन् । 

आँधीका कारण भारी बर्षा भैरहेको र ठूलो हावाहुरी चलिरहेको खबर जापानी संचारमाध्यमहरुले निरन्तर प्रसारण गरिरहेका छन् । 

सरकारी सञ्चार माध्यमले जनाएअनुसार झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । आँधी आएका बेला बाहिर ननिस्कन अधिकारीहरुले चेतावनी दिएका छन् । 

मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन् । 

लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो । त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६.६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा