२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ वर्षे ‘हिरो’ जसले आफ्नो ज्यान दिएर सयौंको ज्यान बचाए

१६ आश्विन २०७५, मंगलवार ०७:३०

असोज १६, काठमाडौँ । इन्डोनेशिया भूकम्पले तहसनहस भएको छ । शुक्रबार देशमा आएको ७.५ म्याग्निच्युडको विनाशकारी भूकम्पले कम्तीमा आठ सय ४४ को ज्यान लिएको छ 

शुक्रबार जब इन्डोनेशियाको धर्ती हल्लियो तब २१ वर्षका एन्थोनियस गुनावान एगुअंग पालू एयरपोर्टको कन्ट्रोल टावरमा तैनाथ छ । उनले बाटिक एयरलाइनको एक विमानलाई उडान भर्नका लागि अनुमती दिइरहेका थिए ।

भूकम्प आएलगत्तै एगुअंगका सहयोगी नियन्त्रण टावर छोडेर बाहिर निस्किए तर उनी भने विमानले रनवेबाट उडान नभरेसम्म त्यहाँ बसिरहे ।


विमान उड्ने बित्तिकै भूकम्पको झट्का तीब्र भयो । एकैछिनमा नियन्त्रण टावरको चार तल्ले भवन भत्कियो । आफूलाई बचाउनका लागि एगुअंग झ्यालबाट हाम फाले जसका कारण उनको हात, खुट्टा र शरिरका विभिन्न हड्डी टुट्यो ।

उनलाई विमानमार्फत अस्पताल पुर्याइनु थियो तर विमान पुग्नु अगावै अगुआंगको मृत्यु भयो ।

एक हिरोः

इन्डोनेशियाको एयर नेभिगेशनका प्रवक्ता योहानेस सिरैतले एबीसीसँग भने, ‘एगुअंगको निर्णयले लाखौंको जीवन बच्यो ।’

इन्डोनेशियाको एयर नेविगेशनले एगुअंगको तस्बिर ट्वीटरमा साझा गर्दै श्रद्धाञ्जली दिएको छ । यी तस्बिरमा उनको पार्थिव शरिरलाई इन्डोनेशियाली सेनाका जवानले अन्तिम यात्राका लागि लैजादैं छन् ।

एगुअंगको यो साहसले भरिएको कहानी इन्टरनेटमा छाएको छ र उनलाई ‘हिरो’ बताइएको छ । बाटिक एयरलाइनका क्याप्टेन रिकोस्टा मेफेलाले एगुअंगप्रति आभार प्रकट गर्दै उनले बोलेको अन्तिम शब्द इन्स्टाग्राममा लेखेका छन् ।

इन्डोनेशिया भूकम्प र सुनामीको कहर झेलिरहेको छ । शुक्रबार आएको आपदमा कम्तिमा आठ सय ४४ मारिएका छन् । मृतकको संख्यामा वृद्धि हुनसक्ने आशंका गरिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य