२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैद्यकहाँ पैसा पुगेपछि बल्ल चाल पाए बादलले विप्लवको माग !

१७ आश्विन २०७५, बुधबार ०२:४६

असोज १७, काठमाडौँ | भर्खरै विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' सरकारको पटके नियन्त्रणबाट मुक्त भई बाटो लागिसके । 

तर, तत्कालीन माओवादी कार्यकर्ता अच्चम मान्दै छन्, आखिर किन रामबहादुर थापा बादल प्रकाण्डको पछि यति हात धोएर लागेका होलान ? 

पार्टी एकीकरणको दौरान विभिन्न बैठक र छलफल चल्दा युवा र विद्यार्थीको हकमा जटिलता आयो । 

अरु कुरा मिल्न छाडेपछि दुबैतिरका युवा कार्यकर्ता बागबाजरतिर गफिन थाल्दा बादलसँग पोहोर वैद्य समुह छाडी फर्किएका एकजनाले फ्याटटै भने, उमा भुजेललाई पनि त्यस्तै, गर्नुपर्ने । 

तत्कालीन एमाले कार्यकर्ताले सोधे, किन ? 

उनीहरुको झगडा रहेछ, करोडको । पार्टी फुटेपछि पनि मोहन बैद्यलाई प्रचण्डले खुसुखुसु खर्च दिने रहेछन् । 

शायद, हिजोआज पनि उनले प्रचण्डबाट पैसा बुझेको हुनुपर्ने ती कार्याकर्ताको अनुमान थियो । तर, प्रकाण्ड गिरफ्तारी प्रकरणपछि प्रचण्डसँग विप्लवहरु सशंकित छन्, कुराकानी हुन छाडेका छन् । 

नत्र, तीन बर्षअघि प्रचण्डले वैद्यलाई रुपैयाँ दिँदा विप्वलालार्ई बोलाएर जानकारी दिएका थिए । तर, बादल बोलाईएनन् । वैद्यकहाँ पैसा पुगेपछि बल्ल बादलले चाल पाए । विप्वलले त्यसको आधा रकम आफुमार्फत खर्च हुनुपर्ने माग गरे । 

बादलले बैद्यलाई नदिने भन्दै थिए, त्यहि दिनबाट हो, बादल र विप्वलवबीच चर्काचर्की परेको । 

पछि वैद्यले आफुसँग एक रुपैयाँ पनि नराखी आधा बादल र आधा विप्वलवलाई दिए । 

विप्वलव पैसा पाउनसाथ चीन गए । 

किन गए ? कसले बोलाएर गए ? यी केहि कुरा पार्टीमा भनेका थिएनन् । वैद्यले सोध्दा पनि साथीले बोलाएको मात्रै भने ।

- आज प्रकाशित जनआस्थासाप्ताहिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता