Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वडा अध्यक्षको पहलमा हेलम्बुमा एकिकृत बस्ती बन्दै

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १७, काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित वडा २ मा  एकिकृत बस्ती निर्माण गर्ने तयारी भएको छ ।

०७२ को विनाशकारी भूकम्पबाट छेदविच्छेद भएको उक्त गाउँमा बसोबास गर्दै आएका ह्योल्मो समुदाय र दलित बस्ती गरी ४० घरधुरी रहेको छ । नोर्बोलिङ एकिकृत बस्ती विकस केन्द्रको नामाकरण गर्दै वडा अध्यक्ष छिरिङ ग्याल्बु लामाको पहलमा बस्ती निर्माण गर्ने भएको हो ।

वडा अध्यक्ष लामा भन्नुहुन्छ– समुदायको अगुवाईमा समुदायकै लगानी गरेर बस्ती गर्न लागिएको हो ।  यस प्रकारका बस्ती निर्माणले एकअर्कामा भातृत्व, सामाजिक सदभाव तथा विकासमा जिम्मेवारी र अपनत्वको भावना सिर्जना हुने उहाँको भनाई छ । भूकम्प पीडितका लागि सरकारले दिने अनुदान सहित समुदायबाटै संकलन गरी निर्माण गर्न थालिएको हो ।

वडाकै खर्क डाँडामा बन्ने उक्त एकिकृत बस्ती ०७६ को आर्थिक वर्षमा सम्पन्न गराउने योजना रहेको बताउँदै नमूना बस्तीका रुपमा विकास गर्ने र एकअर्कामा सहकार्यको भावना सहित बस्तीको परिवर्तनमा टेवा मिल्ने समेत बताउँनुभयो । एक घर निर्माण सम्पन्न गर्न रु. ११ लाख खर्च लाग्ने र आवश्यक नपुग रकमका लागि वडा लगायत अन्य संघसंस्थालाई सहयोग गराउन समेत अध्यक्षले अह्वान गनुभएको छ ।