२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता टिप्स

१८ आश्विन २०७५, बिहीबार ०७:५३

आजभोलि स्मार्टफोन मानिसको जीवनमा अपरिहार्य भएको छ। दैनिक रुपमा प्रयोग हुने स्मार्टफोन तात्ने समस्याले सायद अधिकांसलाई पिरोलिरहेको हुन्छ। कहिलेकाहिँ स्मार्टफोन कुरागरिरहेको बेलामा कानै तात्नेगरी पोलेर दुख दिन्छ।

के के कारणले तात्छ स्मार्टफोन

स्मार्टफोनमा मालवेयर अथवा कुनै भाइरस छ भनेर पनि मोबाइल सामान्यभन्दा बढि नै तात्न थाल्दछ। यस्ता भाइरसले तपाईँको डाटा सर्भिसलाई गोप्य तरिकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ।

जीपीएसको धेरैबेर सम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकरबाट म्यूजिक बजाइरहँदा पनि तात्ने समस्या आउन सक्छ। कहिलेकाहिँ, अति धेरै डाटा प्रोसेसिङ्गको कारण पनि स्मार्टफोन तातो हुन जान्छ।

यदि स्मार्टफोनलाई अलि धेरै बेरसम्म चार्जमा छोड्यो भने कहिलेकाहिँ तात्ने समस्या आउन सक्छ, यस्तो समस्या नआउनुपर्ने हो तर पुरानो मोडेलका स्मार्टफोनहरू जुनलाई लामो समयसम्म प्रयोगमा ल्याइयो, त्यसमा तात्ने समस्या आउन सक्दछ।

कतिपयले क्यामेराबाट फोटो लिँदा समेत मोबाइल तातेको इन्टरनेटमा गुनासो गर्ने गर्छन्। धेरै बेरसम्म बढि र्याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन नमज्जाले तात्ने हुन्छ।

चार्ज गर्दै गेम खेल्ने, फेसबुक चलाउने अथवा फोन गर्ने गर्नुहुन्छ भनेपनि स्मार्टफोन बढि तात्ने समस्या आएको थाहा पाउनुभएकै होला।

समाधानका उपायहरु यस्ता रहेका छन्

नचाहिएको बेलामा वाई(फाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सर्भिसलाई बन्द गर्दै ठीक हुन्छ। कहिलेकाहिँ ब्याकग्राउण्डमा धेरै एपहरू खुलेको छ भने पनि एण्ड्रोइड मोबाइल तात्ने हुन्छ, त्यसैले त्यस्ता ब्याकग्राउण्डमा चलेका एपहरूलाई बन्द गरिदिनुहोस्।

पुरानो मोडेलको स्मार्टफोनको ब्याट्री फुलेको छ वा छैन भनी एकचोटि जाँच गर्नुहोस्। फुलेको छ भने त्यसको प्रयोग गर्नुहुँदैन, पड्किन सक्छ। अर्को ब्याट्री राख्नुहोस्।

यदि तपाईँको मोबाइलमा भाइरस लाग्यो कि भनेर शङ्का गर्नुभयो भने, एकचोटि खोलिएका सबै एपहरूलाई बन्द गर्नुहोस् र एप सेटिङ्ग्समा गएर इन्टलेसन फर अननोन सोर्स लाई बन्द गरिदिनुहोस्।

तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो