2026-09-21 06:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मूलुकमा महिलालाई श्रमस्वीकृति फुकाउन श्रम मन्त्री विष्टको प्रयास

असोज १९, काठमाडौं | श्रम मन्त्रालयले खाडीमा कार्यरत घरलु कामदारलाई पुनः श्रमस्वीकृति नदिदा उनीहरू स्वदेश फर्कन नपाएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्यलाई बिहीबार जानकारी गराएको हो । खाडीमा कम्तीमा ५० हजार महिला घरलु काममा छन् । ‘अघिल्लो संसद्ले घरलु कामदारलाई श्रमस्वीकृति नदिन निर्देशन दिएपछि रोकिएको छ । बिदामा आएका कामदारसमेत फर्कन पाएनन्,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘यसमाथि समितिले गम्भीर समीक्षा गर्नुपर्छ ।’

संसदीय समितिले खाडीमा कार्यरत घरलु कामदारको सुरक्षा नभएको भन्दै दुई देशबीच श्रमसम्झौता नभएसम्म घरलु कामदारलाई श्रमस्वीकृति नदिन २०७३ चैत २० गते श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । पुनः काममा फर्कन नपाउने भएपछि कम्तीमा ५० हजार महिला स्वदेश आएका छैनन् । – आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो